पाकिस्तानले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको सहयोग गर्ने « Khabarhub

पाकिस्तानले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको सहयोग गर्ने


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तान सरकारले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको मानवीय सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री इमरान खानले सेना प्रमुख क्वामर जाभेद वाजवा, मन्त्रीहरु, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुसँगको भेटपछि अफगानिस्तानलाई मानवीय सहयोगको घोषणा गरेका हुन् ।

‘प्रधानमन्त्री खानले २ करोड ८० लाख डलर बराबरको मानवीय सहायताका सामग्री तत्काल अफगानिस्तानमा ढुवानी गर्न निर्देशन दिएका छन्,’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पाकिस्तानले ५० हजार मेट्रिक टन गहुँ, आपतकालीन मेडिकल उपकरण र जाडोमा प्रयोग हुने कम्मललगायतका सामग्री अफगानिस्तानमा पठाउन लागेको हो ।

पछिल्लो समयमा पाकिस्तान सरकारले आफ्नो देशबाट अफगानिस्तान निर्यात हुने निश्चित सामाग्रीको शुल्कसमेत घटाएको छ । भारतले मानवीय सहायतास्वरुप अफगानिस्तान पठाएको ५० हजार मेट्रिक टन गहुँ ढुवानीका लागि अनुमति दिने पनि पाकिस्तानले जनाएको छ । भारत सरकारले यही ११ नोभेम्बरमा सो सहयोगको घोषणा गरेको थियो । अफगानिस्तानमा सामान ढुवानीमा पाकिस्तानी पक्षबाट अवरोध भएको भारतीय विदेश मन्त्रालयलले गुनासो गरेको थियो ।

‘अवरोधकाकारण हामीले अफगानिस्तानमा सामग्री ढुवानी गर्न सकिरहेका छैनौं,’ भारतीय विदेश मन्त्रालयका प्रवत्ता अरिन्दाम वाग्चीले केही दिनअघि भनेका थिए । त्यस्तै, भारतमा औषधि उपचार गरिरहेका अफगानीलाई स्वदेश फर्किनसमेत सहयोग गर्ने पाकिस्तानले जनाएको छ । १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि उपचार गर्र्न आएका केही अफगानी भारतमा बिचल्लीमा छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : २० बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार