कांग्रेस महामन्त्री खड्का प्रतिनिधि चयन, सुर्खेत क्षेत्र नम्बर १ मा डाँगीको प्यानल विजयी « Khabarhub

कांग्रेस महामन्त्री खड्का प्रतिनिधि चयन, सुर्खेत क्षेत्र नम्बर १ मा डाँगीको प्यानल विजयी


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेत क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सात सय ३६ मत प्राप्त गरी विजय भएका छन् ।

कांग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानतः व्यवस्था भए पनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेदवारी दिएका थिए ।

जहाँबाट झकबहादुर डाँगीको प्यानल विजयी भएको छ । संस्थापन पक्षका डाँगीले सात सय १९ मत ल्याई सभापतिमा विजयी भए । उनका प्रतिद्वन्द्वी बलबहादुर वलीले एक सय तीन मत प्राप्त गरे ।

९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएको निर्वाचनमा आठ सय ७४ मत खसेको थियो ।

क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदमबहादुर खत्रीले सात सय १७ मत प्राप्त गरेका छन् । सहसचिवमा प्रेमसिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : २४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले