कांग्रेस महामन्त्री खड्का प्रतिनिधि चयन, सुर्खेत क्षेत्र नम्बर १ मा डाँगीको प्यानल विजयी « Khabarhub

कांग्रेस महामन्त्री खड्का प्रतिनिधि चयन, सुर्खेत क्षेत्र नम्बर १ मा डाँगीको प्यानल विजयी


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेत क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सात सय ३६ मत प्राप्त गरी विजय भएका छन् ।

कांग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानतः व्यवस्था भए पनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेदवारी दिएका थिए ।

जहाँबाट झकबहादुर डाँगीको प्यानल विजयी भएको छ । संस्थापन पक्षका डाँगीले सात सय १९ मत ल्याई सभापतिमा विजयी भए । उनका प्रतिद्वन्द्वी बलबहादुर वलीले एक सय तीन मत प्राप्त गरे ।

९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएको निर्वाचनमा आठ सय ७४ मत खसेको थियो ।

क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदमबहादुर खत्रीले सात सय १७ मत प्राप्त गरेका छन् । सहसचिवमा प्रेमसिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : २४ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति