स्मृति इरानीका कारण कपिल शर्मा शोमा खैलाबैला « Khabarhub

स्मृति इरानीका कारण कपिल शर्मा शोमा खैलाबैला


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– टेलिभिजन अभिनेत्रीबाट राजनेता बनेकी स्मृति इरानी कमेडियन ‘कपिल शर्मा शो’मा अतिथीका रुपमा आउने तयारीमा थिइन् । तर त्यसो हुन सकेन । स्मृति शोको सुटिङ नगरी फर्किएकी छन् । स्मृति कपिलको शोमा आफ्नो किताब ‘लाल सलाम’को प्रमोशनका लागि आउने तयारीमा थिइन् । तर कपिलको सुरक्षागार्डले उनलाई स्टुडियो भित्र जान दिएन । जसकारण उनी स्टुडियोको गेटबाटै फर्किनुपर्यो ।

समाचारअनुसार केन्द्रीय मन्त्रीसमेत रहेकी स्मृति जब सुटिङका लागि स्टुडियोको प्रवेशद्वार पुगिन्, त्यहाँ रहेका सुरक्षा गार्ड अन्नाले उनलाई चिन्न सकेनन् । स्मृतिले आफूलाई कपिलले शोमा सुटिङको लागि बोलाएको र आफू विशेष अतिथी रहेको बताएकी थिइने । ‘हामीलाई कुनै आदेश छैन । सरी मेडम तपाईं भित्र जान सक्नुहुन्न’, स्मृतिको कुरा सुनेपछि गार्डले भनेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार स्मृतिको गाडी चालक र शोका गेटकिपरबीच कुरा बुझ्न समस्या भएको थियो । जसै कपिल र उनको प्रोडक्सन टिमले स्मृति स्टुडियो गेटबाटै फर्किएको थाहा पाए, सेटमा खैलाबैला नै मच्चिएको थियो ।

स्मृतिले हालैमात्र आफ्नो तौललाई कम गरेकी छन् । ‘क्योंकि सास भी कभी बहू थी’ बाट लोकप्रियता हासिल गरेकी स्मृति अहिले निकै स्लिम छिन् । यो शोमा स्मृतिले ‘तुलसी’को भूमिका निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १२ : २५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ