कांग्रेस महाधिवेशन : २५ जिल्लामा नेतृत्व चयन, ५७ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न « Khabarhub

कांग्रेस महाधिवेशन : २५ जिल्लामा नेतृत्व चयन, ५७ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न

जिल्ला सभापतिमा देउवा पक्ष अगाडि


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन चलिरहेको छ । ती मध्ये २५ जिल्लाको मतपरिणाम आइसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले खबरहबलाई जानकारी दिए । बाँकी जिल्लामा पनि अधिवेशन चलिरहेको छ ।

केही जिल्लामा मतगणना जारी रहेकाले ती जिल्लाको परिणाम बुधबार बेलुकासम्म आउने उनले बताए । उनका अनुसार एकमात्र संघीय निर्वाचन क्षेत्र भएका १४ वटा हिमाली जिल्लामा यसअघि नै अधिवेशन भइसकेको थियो । बाँकी २१ जिल्लामा पनि अहिले अधिवेशन चलिरहेको छ ।

दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेका जिल्लाहरुमा क्षेत्रीय अधिवेशन चलिरहेको छ । ४१ जिल्लामा क्षेत्रीय अधिवेशन चलिरहेको छ ।

दुईभन्दा धेरै संघीय निर्वाचन क्षेत्र रहेका ४२ जिल्लामध्ये सर्लाहीमा भने क्षेत्रीय अधिवेशन पनि सुरु हुन सकेको छैन । त्यहाँ बिहीबार अधिवेशन सुरु हुने निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले जानकारी दिए । उनले निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए । जिल्ला अधिवेशन हुन बाँकी रहेका ४२ जिल्लामा यही मंसिर १० गते जिल्ला अधिवेशन हुनेछ ।

जिल्ला अधिवेशन सम्पन्न भएका भएर परिणाम आएका २५ जिल्लामा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको छ । देउवा पक्ष केही सिटले अगाडि देखिएको छ ।

देउवा पक्षले जितेका जिल्ला र सभापति

लमजुङ, सभापति टकराज गुरूङ

सल्यान, सभापति केशवबहादुर विष्ट

डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही

डडेल्धुरा, सभापति भीमबहादुर साउद

म्याग्दी, सभापति खमबहादुर गर्बुजा

ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ

मुगु, सभापति ऐनबहादुर शाही

पाँचथर, सभापति रूपनारायण जवेगु

मनाङ, सभापति शंकर गुरूङ देउवा

हुम्ला, सभापति मोहनविक्रम सिंह

बझाङ, सभापति खडक बोहरा

रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ

जुम्ला, सभापति कर्णबहादुर शाही

जाजरकोट, सभापति बेदराज सिंह

वरिष्ठ नेता पौडेल पक्षले जितेका सभापति 

प्युठान, सभापति विष्णुकुमार गिरी

अर्घाखाँची, सभापति केशव श्रेष्ठ

बैतडी, सभापति चतुरबहादुर चन्द

दोलखा, सभापति बर्मा लामा

गोरखा, सभापति नन्दप्रसाद न्यौपाने

कालिकोट, सभापति अम्बबहादुर शाही

संखुवासभा, सभापति दीपक खड्का

रूकुमपूर्व, सभापति केशरमान रोका

मुस्ताङ, सभापति रोमीगौचन थकाली

भोजपुर, सभापति विनोद वान्तवा

बाजुरा, सभापति रामसिंह रावल

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १ : ४५ बजे

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ 

नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना