डोल्पा कांग्रेसमा देउवाको वर्चश्व, सभापतिमा शाही निर्वाचित | Khabarhub Khabarhub

डोल्पा कांग्रेसमा देउवाको वर्चश्व, सभापतिमा शाही निर्वाचित


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– नेपाली कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी २ सय ३७ मत ल्याएर विजयी भएका हुन् ।

तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै संस्थापन निकट शाही सभापति निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रतिद्वन्द्वी बुढाले १ सय ५८ मत ल्याए । अर्का उम्मेदवार गौरीशंकर उपाध्यायले २३ मत र दुध कुमारी हमालले ११ मत पाए ।

दुई सीट रहेको उपसभापतिमा २ सय ४४ मतसहित पूर्ण शाही विजयी भए । अर्को सीटमा लवकुमार शाही २ सय १० मत ल्याएर विजयी भए । उपसभापतिमा निर्वाचित दुवै शाही देउवा प्यानल हुन् । उप–सभापतिका उम्मेदवार श्याम रोकायले २ सय मत ल्याएर पराजित भए ।

त्यसैगरी सचिवमा २ सय ४० मत ल्याएर हिक्मत बहादुर शाही र २ सय ५० मत ल्याएर दशरथ रोकाय निर्वाचित भए । सचिवमा निर्वाचित शाही पनि देउवा प्यानलकै हुन् । प्रतिद्वन्द्वी सुवास कठायतले १ सय ३५ र जनक बहादुर रोकायले ८८ मत ल्याएर पराजित भए । सहसचिवमा लक्ष्मणबहादुर शाहीले २ सय ३१ र सुरेन्द्र प्रसाद महतले २ सय ६० मत ल्याएर विजयी भए । सहसचिवका उम्मेदवार दिल कुमार रोकायले १ सय ५० मत ल्याएर पराजित भए ।

जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही, बुढा, उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए । नवनिर्वाचित सभापति शाही निर्माण व्यवसायी पनि हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : १६ बजे

विदेशमा सीप सिकेर स्वदेशमा उद्यमी

भोजपुर– भोजपुरका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

काठमाडौं– सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास

क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा

काठमाडौं – अल एयनलाई ६-० ले हराउँदै म्यानचेस्टर सिटी फिफा