डोल्पा कांग्रेसमा देउवाको वर्चश्व, सभापतिमा शाही निर्वाचित « Khabarhub

डोल्पा कांग्रेसमा देउवाको वर्चश्व, सभापतिमा शाही निर्वाचित


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– नेपाली कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी २ सय ३७ मत ल्याएर विजयी भएका हुन् ।

तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै संस्थापन निकट शाही सभापति निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रतिद्वन्द्वी बुढाले १ सय ५८ मत ल्याए । अर्का उम्मेदवार गौरीशंकर उपाध्यायले २३ मत र दुध कुमारी हमालले ११ मत पाए ।

दुई सीट रहेको उपसभापतिमा २ सय ४४ मतसहित पूर्ण शाही विजयी भए । अर्को सीटमा लवकुमार शाही २ सय १० मत ल्याएर विजयी भए । उपसभापतिमा निर्वाचित दुवै शाही देउवा प्यानल हुन् । उप–सभापतिका उम्मेदवार श्याम रोकायले २ सय मत ल्याएर पराजित भए ।

त्यसैगरी सचिवमा २ सय ४० मत ल्याएर हिक्मत बहादुर शाही र २ सय ५० मत ल्याएर दशरथ रोकाय निर्वाचित भए । सचिवमा निर्वाचित शाही पनि देउवा प्यानलकै हुन् । प्रतिद्वन्द्वी सुवास कठायतले १ सय ३५ र जनक बहादुर रोकायले ८८ मत ल्याएर पराजित भए । सहसचिवमा लक्ष्मणबहादुर शाहीले २ सय ३१ र सुरेन्द्र प्रसाद महतले २ सय ६० मत ल्याएर विजयी भए । सहसचिवका उम्मेदवार दिल कुमार रोकायले १ सय ५० मत ल्याएर पराजित भए ।

जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही, बुढा, उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए । नवनिर्वाचित सभापति शाही निर्माण व्यवसायी पनि हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : १६ बजे

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार