सचिवमा उठ्ने योगेश भट्टराईको घोषणा | Khabarhub Khabarhub

सचिवमा उठ्ने योगेश भट्टराईको घोषणा


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेका सचिव योगेश भट्टराईले आफू फेरि सचिवमा उठ्ने बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताए ।

उनले भने, “लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।” उनले अहिले नै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने बताए ।

एमालेको १०औँ महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको उनको भनाइ थियो । उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नारायणी नदी किनारमा गैँडाकोट तर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिए ।

अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै उनले प्रतिनिधि र नेता यहाँ आउने क्रम सुरु भएको जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : ५९ बजे

भेनेजुयला भ्रमण सम्पन्न गरी माधव नेपाल स्वदेश फिर्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

कांग्रेस र एमाले नै मुख्य राजनीतिक प्रतिष्पर्धी हुन् : शेखर कोइराला

उदयपुर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई

रास्वपाले भन्यो : रविमाथिको कारबाही पार्टीविरुद्धको षड्यन्त्र

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्ध गरिएको

विश्वकप लिग २ : नेदरल्याण्ड्ससँग युएई पराजित

काठमाडौं – नेदरल्याण्डसले आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएईलाई पराजित गरेको

प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि

जनकपुर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानमा व्यवस्था भएअनुसार