मृत्युको हल्लाले चिन्तित ‘मिस्टर बीन’ « Khabarhub

मृत्युको हल्लाले चिन्तित ‘मिस्टर बीन’


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– सामाजिक सञ्जालमा मंगलबार बिहान ‘मिस्टर बीन’का रुपमा विश्वमाझ चिनिएका हलिउड अभिनेता रोवन एटकिन्सनको निधन भएको खबर एकाएक भाइरल भयो । यी अभिनेताको मृत्युको खबर भाइरल भएपछि सत्य कुरा नबुझी धेरैले उनलाई श्रद्धाञ्जली नै दिए । रोवन सामाजिक सञ्जालमा ट्रेण्डिङमै परे ।

अमेरिकी न्यूज च्यानल फक्सन्यूजको ट्वीटर हेण्डल भनी दाबी गर्ने फेक एकाउण्टबाट उनको निधनको खबर सामाजिक सञ्जालमा आएको थियो । यो फर्जी ट्वीटर हेण्डलको ट्वीटमा एक स्पाम लिंक पनि राखिएको थियो । रोवनका फ्यानहरुले भावुक भएर यो लिंकमा क्लिक गरेपछि मानिसहरु फेक समाचारको शिकार बनेका थिए ।

ट्वीटरमा ‘मिष्टर बीनको ५८ वर्षको उमेरमा कार दुर्घटनामा निधन’ भन्ने समाचार राखिएको थियो । जबकी उनको अहिलेको उमेर ६६ हो ।

वास्तविकतामा भने रोवन जीवित छन् र उनी स्वस्थ छन् । आफ्नो बारेमा गलत समाचार सार्वजनिक भएपछि रोवन चिन्तित छन् ।

‘मिस्टर बीन’को भूमिका टेलिभिजनमा पहिलोपटक सन् १९९० मा देखाइएको थियो । उनी सन् १९९० देखि १९९५ को बीचमा ब्रिटिस कमिक शोमा सर्वाधिक रुचाइएका चरित्र थिए ।

सन् २०१६ मा फेसबुकमा ‘रीप रोवन एटकिन्सन’ पेज बनाएर अभिनेता सन फ्रान्सिस्कोमा अचेत अवस्थामा भेटिएको लेखिएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ३ : ४४ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ