मृत्युको हल्लाले चिन्तित ‘मिस्टर बीन’ | Khabarhub Khabarhub

मृत्युको हल्लाले चिन्तित ‘मिस्टर बीन’


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– सामाजिक सञ्जालमा मंगलबार बिहान ‘मिस्टर बीन’का रुपमा विश्वमाझ चिनिएका हलिउड अभिनेता रोवन एटकिन्सनको निधन भएको खबर एकाएक भाइरल भयो । यी अभिनेताको मृत्युको खबर भाइरल भएपछि सत्य कुरा नबुझी धेरैले उनलाई श्रद्धाञ्जली नै दिए । रोवन सामाजिक सञ्जालमा ट्रेण्डिङमै परे ।

अमेरिकी न्यूज च्यानल फक्सन्यूजको ट्वीटर हेण्डल भनी दाबी गर्ने फेक एकाउण्टबाट उनको निधनको खबर सामाजिक सञ्जालमा आएको थियो । यो फर्जी ट्वीटर हेण्डलको ट्वीटमा एक स्पाम लिंक पनि राखिएको थियो । रोवनका फ्यानहरुले भावुक भएर यो लिंकमा क्लिक गरेपछि मानिसहरु फेक समाचारको शिकार बनेका थिए ।

ट्वीटरमा ‘मिष्टर बीनको ५८ वर्षको उमेरमा कार दुर्घटनामा निधन’ भन्ने समाचार राखिएको थियो । जबकी उनको अहिलेको उमेर ६६ हो ।

वास्तविकतामा भने रोवन जीवित छन् र उनी स्वस्थ छन् । आफ्नो बारेमा गलत समाचार सार्वजनिक भएपछि रोवन चिन्तित छन् ।

‘मिस्टर बीन’को भूमिका टेलिभिजनमा पहिलोपटक सन् १९९० मा देखाइएको थियो । उनी सन् १९९० देखि १९९५ को बीचमा ब्रिटिस कमिक शोमा सर्वाधिक रुचाइएका चरित्र थिए ।

सन् २०१६ मा फेसबुकमा ‘रीप रोवन एटकिन्सन’ पेज बनाएर अभिनेता सन फ्रान्सिस्कोमा अचेत अवस्थामा भेटिएको लेखिएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ३ : ४४ बजे

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन