ओलीको गृह जिल्ला झापाबाट यी हुन् एमाले केन्द्रीय सदस्यका आकांक्षी | Khabarhub Khabarhub

ओलीको गृह जिल्ला झापाबाट यी हुन् एमाले केन्द्रीय सदस्यका आकांक्षी


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेको १०औँ महाधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम बाक्लिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन हुन नसके लोकतान्त्रिक प्रक्रियालाई नरोक्ने जनाएसँगै उनकै गृहजिल्लाका नेताहरुले पनि मुख खोल्न थालेका छन् ।

यसै क्रममा पार्टी अध्यक्ष ओलीको गृहनगर झापाको दमकमा एकै दिन दुई नेताले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् ।

यसअघि दुई पटक केन्द्रीय अनुशासन आयोगको सदस्य भएर काम गरिसकेका अर्जुन राई र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गरेका हुन् ।

राई जिल्ला विकास समितिका सभापति समेत भएर काम गरिसकेका अनुभवि नेता हुन् भने उनी प्रदेश १ को योजना तथा शुसासन समितिका सभापति पनि हुन् ।

यस्तै ओलीको गृहनगर दमकका नगरप्रमुख ओलीले पार्टीको स्थानीय निकाय परिचालन विभागको सदस्य भएर काम गरेका छन् भने डेढ दशक अघिनै जिल्लाको पार्टी उपप्रमुखको अनुभव पनि लिएका छन् । स्थानीय स्तरमा लोकप्रिय ओली २०५४ सालको स्थानीय निर्वाचनमा पनि दमक नगरपालिकाको प्रमुख बनेका थिए ।

एकै वडामा तीन आकांक्षी

ओलीको गृहनगर दमकको एकै वडाका ३ जना एमालेको केन्द्रीय सदस्यका आकांक्षी रहेका छन् । पार्टी अध्यक्ष ओलीको समेत निवाश रहेको दमक ५ बाट राई र ओलीको औपचारिक उम्मेद्वारी घोषणा भएको हो ।

यस्तै हाल केन्द्रीय कमिटी सदस्य समेत रहेका राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहाल पनि अर्का आकांक्षी हुन् । पार्टी नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा राई र ओलीको उम्मेद्वारी घोषणा भएको हो ।

दाहालको औपचारिक रुपमा उम्मेद्वारी घोषणा नभए पनि उनी स्वभाविक रुपमा केन्द्रीय सदस्यको आकांक्षी देखिएका छन् । दमककै बासिन्दा युवा नेता गोविन्द थापा पनि पार्टी केन्द्रीय सदस्यका अर्का आकांक्षी रहेको बुझिएको छ ।

अन्य आकांक्षीहरु

झापामा पार्टी केन्द्रीय सदस्यका लागि आकांक्षीको संख्या उच्च देखिएको छ । यस अघि नै झापाकै नेता देवराज घिमिरेले केन्द्रीय उपाध्यक्षमा उम्मेद्वारी दिने बताई सकेका छन् ।

प्रदेश १ कमिटीका अध्यक्ष समेत रहेका घिमिरे नै पार्टी अध्यक्ष ओली पछि उच्च पदमा उम्मेद्वारी घोषणा गर्ने नेता हुन् ।

यस्तै यसअघि मेची ईन्चार्ज समेत बनि सकेका युवा नेता हिक्मत कार्की पनि पदाधिकारीमा जाने दाउमा छन् । प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्री समेत भइसकेका केन्द्रीय सदस्य कार्की पद बढुवाका लागि अध्यक्षको संकेतको पर्खाइमा छन् ।

यसैगरी दुई पटक संविधानसभा सदस्य बनेका दिपक कार्की, जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, विगतमा प्रदेश १ सामाजिक विकास राज्यमन्त्री बनेकी जसमायाँ गजमेर पनि केन्द्रीय सदस्यका आकांक्षी रहेको पार्टीवृतमा छलफल हुने गरेको छ ।

वैकल्पिक पोलिटव्युरो सदस्य बनि सकेका नरेश खरेल, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल पनि अरु दावेदार हुने सम्भावना छ ।

पार्टी जिल्ला अध्यक्ष चिन्तन पाठकले पनि केन्द्रिय कमिटीमा जाने ईच्छा राखेका छन् । तर केन्द्रीय कमिटी सदस्यको उम्मेद्वार हुने तर नपाईने स्थिति आए जिल्ला अध्यक्ष गुम्ने भएकाले उनी अहिले दोधारमा रहेका छन् ।

कतिपयले भने प्रदेश सभा सदस्य समेत रहेका युवा नेता वशन्त बानियाँलाई पनि केन्द्रीय सदस्यको उम्मेद्वारको रुपमा बहसमा ल्याएका छन् । तर उनले भने यसबारेमा मुख खोलिसकेका छैनन् ।

महिलामा मेनुका बलियो

झापाबाट केन्द्रीय सदस्य हुन सक्ने मध्ये मेनुका काफ्लेलाई बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । कमल गाउँपालिकाकी अध्यक्ष समेत रहेकी उनी प्रदेश १ कै एक्लो महिला स्थानीय तह प्रमुख हुन् । अखिल नेपाल महिला संघको केन्द्रय सचिव समेत भइसकेकी उनी झापाबाट केन्द्रीय सदस्यको उम्मेद्वार हुने मध्ये बलियो महिला उम्मेद्वार हुने देखिएको छ।

 

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ३ : ५५ बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी