एम्बुलेन्समा बिहेको सामान भेटिएपछि… « Khabarhub

एम्बुलेन्समा बिहेको सामान भेटिएपछि…


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– एम्बुलेन्समा बिहेको समान ओसारेको भन्दै विप्लव तेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले एम्बुलेन्सलाई नियन्त्रणमा लिएका छन् । लेकम गाउँपालिकाको एम्बुलेन्सले मंगलबार राति बिहेको समान बोकिरहेको अवस्थामा मालिकार्जुन गाउँपालिका–४ ऐरिछानाबाट विप्लव समूहले नियन्त्रणमा लिएको हो ।

गाउँपालिकाको एम्बुलेन्सले व्यक्तिगत समान बोकिरहेको भन्ने जानकारी पाएपछि यात्रु र समान बोकिरहेको अवस्थामा नियन्त्रणमा लिएको नेपाल कम्युनिष्ट पार्टी विप्लवका लेकम गाउँपालिका इन्चार्ज भुवन जोशीले जानकारी दिए ।

गाउँपालिकाको एम्बुलेन्सले पटक पटक व्यक्तिगत समान बोक्ने गरेको र बिरामीलाई चाहिएको बेला नपाइने स्थानीयको गुनासो आएपछि नियन्त्रणमा लिएको उनको भनाइ छ । बिहेको समान र ६ जना यात्रु बोकेर मालिकार्जुन गाउँपालिका–४ ऐरिछानाबाट लेकम गाउँपालिका– ४ खरकडातर्फ गइरहेको लेकम गाउँपालिकाको सुपप्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स ऐरिछाना क्षेत्रबाटै राति १० बजे नियन्त्रणमा लिएको जोशीले बताए ।

यात्रुलाई अर्को जिपमा घर पठाएको र एम्बुलेन्सको चाबी आफूहरूसँग रहेको उनले बताए । ‘एम्बुलेन्स लिनका लागि हालसम्म कसैले सम्पर्क गरेका छैनन्, आगामी दिनमा दुरुपयोग नहुने सर्तमा सम्बन्धित व्यक्तिलाई चाबी बुझाउने तयारीमा छौँ,’ जोशीले भने ।

एम्बुलेन्स विप्लव समूहले नियन्त्रणमा लिएको विषयमा कुनै औपचारिक जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव‌ं सूचना अधिकारी पुस्कर सिंह ऐरीले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : ४५ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको