कांग्रेस अधिवेशन : सिरहाका १० स्थानीय तहमा सर्वसम्मत « Khabarhub

कांग्रेस अधिवेशन : सिरहाका १० स्थानीय तहमा सर्वसम्मत


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– नेपाली कांग्रेसको १४औं अधिवेशनअन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ । सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

लहान र धनगढीमाई नगरपालिको निर्वाचन भईरहेको छ भने बाँकी पालिकाहरूमा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ ।

अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अशिषलाल यादव, गोलबजार नगरपालिकामा लालबाबु भन्ने राजदेव साह, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्याणपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यानन्द साह, भगवानपुर गाउँपालिकामा सुवास यादव, नवराजपुर गाउँपालिकामा मदन यादव, बरियारपट्टी योगेन्द्र यादव र नरहा गाउँपालिकामा कमलप्रसाद मण्डल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी पालिका कार्यसमिति पनि सर्वसम्मतिमै चयन भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : ०० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको