सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून कार्यान्वयन गराउन पहल गर्छु : मन्त्री खतिवडा « Khabarhub

सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून कार्यान्वयन गराउन पहल गर्छु : मन्त्री खतिवडा


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने जानकारी दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनको सयुक्त रुपमा बुधबार काठमाडौँमा आयोजित ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकमा उनले जुनसुकै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने बताए ।

सूर्तिजन्य पदार्थको सेवनबाट बार्षिक रुपमा ठूलो संख्यामा मानिसको मृत्यु भएको जान्दा जान्दै पनि मानिस यसको कुलतबाट बाहिर निस्कन नसकेको जनाउँदै उनले अब चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भएपनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्ने बताए। उनले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्ने समेत बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नसर्ने रोगको प्रकोप भयावह रुपमा बढदै गएको जनाउँदै यसलाई रोकथाम गर्नका लागि पनि सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले अन्तरक्रियाबाट निस्कने निष्कर्षलाई हेरेर आवश्यक परेमा मन्त्रालयबाट थप कदम चाल्ने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सूर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सूर्तीजन्य बनेका ऐन, कानूनलाई कडाइका साथ लागू गर्नुपर्ने जानकारी दिए । उनले मासिक रुपमा कम्तीमा दुई अर्व रुपैयाँ नेपालीले चुरोटको धुवामा उडाउने गरेको जनाउँदै त्यो भन्दा बढी मानवीय क्षति पुर्‍याउने बताए ।

परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सूर्तीजन्य सेवनबाट बर्षेनी हजारौँ मानिसको अकालमा नै मृत्यु हुने गरेको बताए । यसको रोकथामका लागि नीतिमा थप संसोधन आवश्यक पर्न सक्ने जनाउँदै त्यसअघि अनुसन्धानको पाटोलाई अघि बढाउनुपर्ने बताए।

सो अवसरमा उनले परिषदले सूर्तिजन्य पदार्थ र नसर्ने रोगको नियन्त्रणका लागि गरेका अध्ययन् अनुसन्धानका बारेमा जानकारी दिए ।

कार्यक्रममा शहीद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवनबाट धेरैनै मानिसलाई हृदयघात हुने गरेको बताए । उनले अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी हृदयघाट चुरोट सेवनबाट हुने गरेको छ ।

कार्यक्रममा द युनियन एसिया प्यासेफिक क्षेत्रीय निर्देशक डा तारासिंह बमले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून राम्रो भए पनि सरकारले त्यसको कार्यान्वनय राम्ररी गर्न नसकेको बताए । उनले कानून कार्यान्वयनका लागि व्यक्तिगत सामुहिक र राजनीतिक रुपमा समेत प्रतिवद्धता आवश्यक रहेको बताए ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले डब्ल्यूएचओ एफसीटीसीको पक्षराष्ट्र भएको मुलुकले कानून सोही अनुसार नै बनाए पनि कार्यान्वयन तह फितलो भएको बताए । नेपाल सूर्तिजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एसियामै पहिलो भएको र कम करका कारण सूर्तिजन्य पदार्थको मूल्य सस्तो भएको र आम गरीव जनतामा यसको प्रयोगदर उच्च भएको बताए। उनले राज्यले बनाएको ऐन तथा निर्देशिकाले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था भएको भएपनि बर्षौदेखि स्वदेशी उद्योगले त्यसको कार्यान्वनय गर्न अटेरी गरेको जानकारी दिए।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न नेपालका सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्दै आएको जनाउँदै राज्य पक्षबाट पनि यस्तै अपेक्षा राखेको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : २९ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको