जेनिफर चढेको विमानको इञ्जिन फेल भएपछि… « Khabarhub

जेनिफर चढेको विमानको इञ्जिन फेल भएपछि…


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– ‘एक्सन वुमन’का रुपमा आफ्नो पहिचान बनाएकी हलिउड अभिनेत्री जेनिफर लरेन्सले आफ्नो जिन्दगीसँग जोडिएको एक घटनाको खुलासा गरेकी छन् । जुन घटना सुन्दा जोकोही त्रसित हुन्छन् । उनका अनुसार जेनिफर एक निजी विमानमा यात्रा गर्दा निकै भयभित भई मृत्युको मुखमा पुगेको अनुभव गरेकी थिइन् ।

यो घटना सन् २०१७ को हो । जब उनी आफ्नो घर लुइसविलेबाट निजी विमानमा न्यूयोर्क गईरहेकी थिइन् । यही समयमा उनको विमानभित्र एक ठूलो आवाज आएको थियो । उनलाई पाइलटलाई के भएको भनी बुझ्दा पाइलटले विमानको पहिलो इञ्जिन फेल भएको जानकारी दिए । जसकारण जेनिफर निकै डराइन् । ‘मलाई लाग्यो कि विमानमा रहेका सबै मर्दैछौं । मलाई आफू बसेको सिटमा केवल कंकाल मात्र रहेको अनुभव भइसकेको थियो’, उनले भनेकी छन् ।

जेनिफरले पाइलटले विमानको अवस्था बताएपछि आफूले परिवार सम्झिएको स्मरण गरिन् । विमानमा उनका साथ दुई भाई र एक डाक्टर पनि थिए । त्यसपछि पाइलटले विमानलाई नियागरा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।

‘यसपछि विमान शान्त भयो । सबै आवाज बन्द भयो । त्यसपछि दोस्रो इञ्जिन पनि फेल भयो । यसलाई आफैंमा दुलर्भ क्षण मानिएको थियो । म निकै दुःखी थिएँ । किनकी हामी सबै मृत्युको मुखमा पुगिसकेका थियौं’ जेनिफरले स्मरण गरेकी छन् ।

यात्राको क्रममा पिप्पी(उनको कुकुर) जेनिफरकै काखमा थियो । विमानस्थलमा विमानले आकस्मिक अवतरण गर्दा उनले विमानबाट रनवेमा दमकल र एम्बुलेन्स देखेपछि उनले राहतको श्वास फेरेकी थिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : ४२ बजे

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य