जेनिफर चढेको विमानको इञ्जिन फेल भएपछि... | Khabarhub Khabarhub

जेनिफर चढेको विमानको इञ्जिन फेल भएपछि…


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– ‘एक्सन वुमन’का रुपमा आफ्नो पहिचान बनाएकी हलिउड अभिनेत्री जेनिफर लरेन्सले आफ्नो जिन्दगीसँग जोडिएको एक घटनाको खुलासा गरेकी छन् । जुन घटना सुन्दा जोकोही त्रसित हुन्छन् । उनका अनुसार जेनिफर एक निजी विमानमा यात्रा गर्दा निकै भयभित भई मृत्युको मुखमा पुगेको अनुभव गरेकी थिइन् ।

यो घटना सन् २०१७ को हो । जब उनी आफ्नो घर लुइसविलेबाट निजी विमानमा न्यूयोर्क गईरहेकी थिइन् । यही समयमा उनको विमानभित्र एक ठूलो आवाज आएको थियो । उनलाई पाइलटलाई के भएको भनी बुझ्दा पाइलटले विमानको पहिलो इञ्जिन फेल भएको जानकारी दिए । जसकारण जेनिफर निकै डराइन् । ‘मलाई लाग्यो कि विमानमा रहेका सबै मर्दैछौं । मलाई आफू बसेको सिटमा केवल कंकाल मात्र रहेको अनुभव भइसकेको थियो’, उनले भनेकी छन् ।

जेनिफरले पाइलटले विमानको अवस्था बताएपछि आफूले परिवार सम्झिएको स्मरण गरिन् । विमानमा उनका साथ दुई भाई र एक डाक्टर पनि थिए । त्यसपछि पाइलटले विमानलाई नियागरा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।

‘यसपछि विमान शान्त भयो । सबै आवाज बन्द भयो । त्यसपछि दोस्रो इञ्जिन पनि फेल भयो । यसलाई आफैंमा दुलर्भ क्षण मानिएको थियो । म निकै दुःखी थिएँ । किनकी हामी सबै मृत्युको मुखमा पुगिसकेका थियौं’ जेनिफरले स्मरण गरेकी छन् ।

यात्राको क्रममा पिप्पी(उनको कुकुर) जेनिफरकै काखमा थियो । विमानस्थलमा विमानले आकस्मिक अवतरण गर्दा उनले विमानबाट रनवेमा दमकल र एम्बुलेन्स देखेपछि उनले राहतको श्वास फेरेकी थिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : ४२ बजे

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत)– करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका (तस्बिरहरु)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहिद

मानुङकोटमा बढे पर्यटक

दमौली (तनहुँ)- चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक

अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट

जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ