समाज रूपान्तरणको आधार सहकारी : उपराष्ट्रपति पुन « Khabarhub

समाज रूपान्तरणको आधार सहकारी : उपराष्ट्रपति पुन


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समाज रूपान्तरणको मुख्य आधार सहकारी रहेको बताएका छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम रहेको बताएका हुन् ।

उपराष्ट्रपति पुनले सहकारीमार्फत अधिकतम पूँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक रहको बताए । पछिल्लो समय सहकारीमा विकृति, विसङ्गति भित्रिएको भन्दै निराकरणका लागि राज्य चनाखो हुनुपर्ने पनि उनले जोड दिए ।

‘सहकारीलाई जिम्मेवार बनाउन सङ्घको भूमिका प्रभावकारी हुनुपर्छ’, उनले भने, ‘सहकारीमा विकृति रोक्न नियमन तथा अनुगमनको आवश्यक छ ।’

कार्यक्रममा जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालले सहकारी समाजवादको आधार भएको बताए । सहकारी क्षेत्रले निक्षेप पनि बढी लिएर कर्जा पनि बढी लिएको भन्दै मन्त्री भुसालले अब उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउन आवश्यक भएको उनको सुझाव थियो ।

कृषिमा ६८ प्रतिशत जनता आश्रित भए पनि बर्सेनि दुई खर्बभन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुःखद् भएको मन्त्री भुसालको भनाइ थियो ।

सोही क्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिपरेको बताए । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले तीन खम्बे अर्थनीतिमा सहकारीलाई अब्बल बनाउन आवश्यक भएकोमा जोड दिए ।

हाल ३० हजार सहकारीमध्ये १४ हजार सहकारी बचत तथा ऋणको रहेको उनले जानकारी दिए । ठूलो हिस्सा बचतमै भएकाले अब उत्पादनमा जोड दिने गरी सहकारीले लगानी गर्नुपर्ने अध्यक्ष कँडेलको भनाइ थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ३५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको