मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित « Khabarhub

मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित भएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

जिल्लाबाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्तिमा गजेन्द्रबहादुर आले (५२५), कृष्णचन्द्र नेपाली पोखरेल ५२०, गणेश सापकोटा  (५०५), महेन्द्रध्वज जिसी (४८५), अशोक बस्ताकोटी  (४६५), मदनभक्त अधिकारी (४५७), बालकृष्ण घिमिरे (४४७), गोकुल सापकोटा (४२४), भरतराज तिवारी (४१४) र ओमप्रसाद सापकोटा (३८५) छन् ।

त्यस्तै महिला खुलातर्फ ओमकला गौतम (५३१), विष्णुकुमारी कँडेल (४६१), सङ्गीता घिमिरे काफ्ले (४४३), विष्णुदेवी पाण्डे (४०३) छन् । नवलपरासी बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ को सभापतिमा अमृत भट्टचन निर्वाचित भएका छन् । भट्टचनले ६७० मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी कमलप्रसाद पराजुलीले ४४७ मत प्राप्त गरेका थिए ।

सचिवमा अमृत श्रेष्ठ (५८७) र शालिकराम सापकोटा (५६४) निर्वाचित भएका छन् । सहसचिवमा टीकाराम सापकोटा (५८३ मत) र तेजप्रसाद घिमिरे (५८०) विजयी भएको निर्वाचन अधिकृत चूडामणि शर्माले जानकारी दिए । मङ्गलबार भएको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ मा एक हजार १५१ मत खसेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ५५ बजे

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा

प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं – संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार

साताका समाचार : सुकुम्वासीलाई नहटाउन सर्वोच्चको आदेश, प्रधान्यायाधीशमा डा. शर्मा र दर्जन ट्रेड युनियन खारेज

काठमाडौं- डोजर चलेपछि बस्ती नहटाउन सर्वोच्चको आदेश वालेन्द्र शाह नेतृत्वको

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान