मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित | Khabarhub Khabarhub

मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित भएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

जिल्लाबाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्तिमा गजेन्द्रबहादुर आले (५२५), कृष्णचन्द्र नेपाली पोखरेल ५२०, गणेश सापकोटा  (५०५), महेन्द्रध्वज जिसी (४८५), अशोक बस्ताकोटी  (४६५), मदनभक्त अधिकारी (४५७), बालकृष्ण घिमिरे (४४७), गोकुल सापकोटा (४२४), भरतराज तिवारी (४१४) र ओमप्रसाद सापकोटा (३८५) छन् ।

त्यस्तै महिला खुलातर्फ ओमकला गौतम (५३१), विष्णुकुमारी कँडेल (४६१), सङ्गीता घिमिरे काफ्ले (४४३), विष्णुदेवी पाण्डे (४०३) छन् । नवलपरासी बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ को सभापतिमा अमृत भट्टचन निर्वाचित भएका छन् । भट्टचनले ६७० मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी कमलप्रसाद पराजुलीले ४४७ मत प्राप्त गरेका थिए ।

सचिवमा अमृत श्रेष्ठ (५८७) र शालिकराम सापकोटा (५६४) निर्वाचित भएका छन् । सहसचिवमा टीकाराम सापकोटा (५८३ मत) र तेजप्रसाद घिमिरे (५८०) विजयी भएको निर्वाचन अधिकृत चूडामणि शर्माले जानकारी दिए । मङ्गलबार भएको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ मा एक हजार १५१ मत खसेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ५५ बजे

नेपाली केराले नै दसैँ–तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं