विकी–कटरीनाको विवाहमा मोबाइल प्रतिबन्ध | Khabarhub Khabarhub

विकी–कटरीनाको विवाहमा मोबाइल प्रतिबन्ध


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफ आगामी डिसेम्बरको पहिलो साता वैवाहिक जीवनमा बाँधिदैछन् । रोचक कुरा के छ भने उनीहरुको विवाहमा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइँदैछ ।

विवाहस्थलमा पाहुनका लागि ‘नो–मोबाइल डिक्टेट’ लागु गरिनेछ । इभेन्ट मेनेजमेन्ट एजेन्सीलाई आफूहरुको अनुमति बिना कुनै पनि फोटो वा भिडियो सामाजिक सञ्जालमा नराख्न भनिएको छ ।

उनीहरुको विवाह राजस्थानको एक आलिशान फोर्ट–रिजर्टमा हुँदैछ । उनीहरुको विवाहलाई लिएर आधिकारिक रुपमा कसैले केही बोलेका छैनन्, न त विवाहको निमन्त्रणा पत्र नै सार्वजनिक भएको छ । यहीकारण यो जोडीले आफ्नो विवाहलाई पूर्ण रुपमा गोप्य राख्ने प्रयास गरिरहेका छन् ।

यो जोडीका एक निकटका अनुसार विकी र कटरीनाले आफूहरुको विशेष दिन भएकाले आफ्नो कुनै पनि तस्वीर वा भिडियो सामाजिक सञ्जालमा नपुगोस् भन्ने उनीहरुको चाहना छ । उनीहरुको विवाहको तयारीसँगै एक विस्तृत टिमलाई गोपनियता र सुरक्षा सुनिश्चितताका लागि राखिएको छ ।

विवाहस्थलमा एक निर्धारित क्षेत्र हुनेछ, जुन क्षेत्रभन्दा अगाडि कसैले पनि मोबाइल प्रयोग गर्न पाउने छैनन् । ए–लिस्टर बलिउडकर्मीका अलावा दुवैका परिवारका कैयौं व्यक्तिलाई विवाहमा बोलाइएको छ । मोबाइल सम्बन्धी नियम सबैमा लागु गरिने ती आफन्तले जानकारी दिए ।

त्यसो त प्रियंका चोपडा र निक जोनसको विवाहमा पनि केही क्षेत्रमा पाहुनाहरुले आफ्नो फोनलाई सुरक्षागार्ड समक्ष राखेका थिए । दीपिका पादुकोण र रणवीर सिंहको लोक कोमो विवाहमा पनि आफ्ना साथी र परिवारलाई मोबाइल फोन प्रयोग नगर्न अनुरोध गरिएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ५८ बजे

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लमजुङ– लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको