तालिबानले काबुल नियन्त्रण लिएको सय दिनमा २५७ सञ्चारमाध्यम बन्द « Khabarhub

तालिबानले काबुल नियन्त्रण लिएको सय दिनमा २५७ सञ्चारमाध्यम बन्द


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तालिबानले अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रण गरेको १०० दिनमा २५७ सञ्चारमाध्यम बन्द भएका छन् ।

अफगानिस्तानमा सञ्चारमाध्यमको गतिविधि अनुगमन गर्न बनेको नवगठित संस्था नेहाद रसाना–ए–अफगानिस्तान (एनएआई) ले बुधबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

अगस्टमा तालिबानले काबुल कब्जा गरेपछि सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २५७ मिडिया आउटलेटहरू बन्द भएका उक्त संस्थाले जनाएको छ । साथै अन्य सञ्चारमाध्यमले पनि अभिव्यक्ति स्वतन्त्रताका लागि काम गर्न नसकिरहेको बताइएको छ ।

टोलो न्युजका अनुसार सञ्चारमाध्यम बन्द गर्दा मुद्रण, रेडियो र टिभी स्टेसनहरूमा काम गर्ने ७० प्रतिशतभन्दा बढी सञ्चार कर्मीहरूले रोजगारी गुमाएका छन् । उनीहरूमध्ये धेरै विदेश पलायन भएका उल्लेख गरिएको छ ।

अफगानिस्तानले सञ्चार माध्यमको सञ्चालनका लागि दुई सिद्धान्तहरूको सूची जारी गरेको छ । जसले देशमा सञ्चारमाध्यमको गतिविधिप्रति प्रतिबन्ध लगाएकोमा तालिवान नेतृत्वको सरकारप्रति सञ्चारमाध्यम तथा त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीले चासो व्यक्त गरेका छन् ।

टोलो न्युजले एक जना पत्रकारको भनाइ उद्धृत गर्दै लेखेको छ, “उनीहरूले (इस्लामिक इमिरेट) संवाददाताका लागि काम गर्ने भनेका थिए, तर हामी यसबाट सकारात्मक परिणाम आउने देख्दैनौं ।”

वरिष्ठ सञ्चारकर्मी अब्दुरकिब फयाजले भने,“हालै सूचनाको पहुँच सीमित भएको छ जसले गर्दा संवाददाताहरूलाई समस्या उत्पन्न भएका छन् । सञ्चारमाध्यमलाई नियन्त्रण गर्न विभागीय मन्त्रालयले ल्याएको पछिल्लो नीतिले सञ्चारमाध्यमका गतिविधिमा प्रतिबन्धको चिन्ता बढाएको छ ।”

तालिबान शासनको यी १०० दिनहरूमा अज्ञात सशस्त्र मानिसहरूको आक्रमण, विस्फोट, आत्महत्या र ट्राफिक घटनालगायत विभिन्न घटनाहरूमा छ जना संवाददाताले ज्यान गुमाएका अफगान सञ्चार माध्यमले अध्ययन प्रतिवेदनलाई उल्लेख गदै लेखेका छन् ।

पत्रकार जन अका हकीमीले सञ्चारमाध्यममा तालिवान नेतृत्वको कारण आएको समस्याबारे भन्नुभयो, ‘अफगानिस्तानमा पछिल्ला केही महिना यता सञ्चारमाध्यमले आर्थिक समस्या झेलिरहेका छन् । धेरै सञ्चारकर्मीले आफ्नो रोजिरोटी गुमाएका छन् ।’

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : २५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको