८ वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

८ वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निमित्त प्रहरी महानिरीक्षक एआईजी निरज बहादुर शाहीले प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ८ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नबाट सुशोभन गरेका छन् ।

दर्ज्यानी चिह्नबाट सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू बिकाश राज खनाल, सुदीप राजभण्डारी, अनुराग कुमार द्विबेदी, राजेन्द्र सिंह खड्का, योगबहादुर पाल, टीका बहादुर केसी, ध्रुबराज राउत र भोला बहादुर रावल छन् ।

मन्त्रीस्तरको मंसिर ७ गतेको निर्णयानुसार उनीहरू प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका हुन् ।

सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले पदोन्नती भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै जिम्मेवारीलाई थप सजग र इमानदारसाथ कार्यसम्पादन गर्न शुभकामना दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ४० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको