कांग्रेस सांसद जिपछिरिङ लामाद्वारा उम्मेदवारी घोषणा « Khabarhub

कांग्रेस सांसद जिपछिरिङ लामाद्वारा उम्मेदवारी घोषणा


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले पार्टीको आसन्न १४औँ महाविधेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसको रूपान्तरणदेखि सबै तहका निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने आफ्ना विभिन्न एजेण्डाका साथ उनले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विसं २०३८ देखि राजनीतिमा प्रवेश गर्नुभएका उहाँसँग यसअघि कांग्रेसको दुई पटक पार्टीको केन्द्रीय सदस्य र दुई पटक सांसद भएको अनुभव छ ।

सामाजिक सेवामा समर्पित सांसद् लामा नेपाल निर्माण व्यवसायी महासङ्घको पूर्वअध्यक्षसमेत हुन् । उनी कांग्रेसले महाधिवेशनलाई सफल बनाउन गठन गरेको आर्थिक समितिको सदस्यसमेत छन् ।

सांसद लामाले गोरखा भूकम्पका बेला पीडितलाई गरेको सहयोग, जिल्लाको विकास निर्माण, धार्मिक तथा सांस्कृतिक र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण सहयोग गरेका छन् ।

कांग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उनी दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ५५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको