कांग्रेस सांसद जिपछिरिङ लामाद्वारा उम्मेदवारी घोषणा | Khabarhub Khabarhub

कांग्रेस सांसद जिपछिरिङ लामाद्वारा उम्मेदवारी घोषणा


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले पार्टीको आसन्न १४औँ महाविधेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसको रूपान्तरणदेखि सबै तहका निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने आफ्ना विभिन्न एजेण्डाका साथ उनले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विसं २०३८ देखि राजनीतिमा प्रवेश गर्नुभएका उहाँसँग यसअघि कांग्रेसको दुई पटक पार्टीको केन्द्रीय सदस्य र दुई पटक सांसद भएको अनुभव छ ।

सामाजिक सेवामा समर्पित सांसद् लामा नेपाल निर्माण व्यवसायी महासङ्घको पूर्वअध्यक्षसमेत हुन् । उनी कांग्रेसले महाधिवेशनलाई सफल बनाउन गठन गरेको आर्थिक समितिको सदस्यसमेत छन् ।

सांसद लामाले गोरखा भूकम्पका बेला पीडितलाई गरेको सहयोग, जिल्लाको विकास निर्माण, धार्मिक तथा सांस्कृतिक र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण सहयोग गरेका छन् ।

कांग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उनी दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ५५ बजे

माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौँ

भोजपुरमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन

भोजपुर– जिल्लामा रेबिज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ

ऐलुङ खोलाले बगाएर एक जनाको मृत्यु

ओखलढुंगा– मोलुङ गाउँपालिका-६ नयाँवन बस्ने लक्पा शेर्पाको छोरी १४ वर्षीया निमडोमा शेर्पाको

काठमाडौंबाट पेस्तोल बरामद

काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र

भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प

काराकस– उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी