हेलिकोप्टरबाट डोजर ढुवानी गरी सडक निर्माण | Khabarhub Khabarhub

हेलिकोप्टरबाट डोजर ढुवानी गरी सडक निर्माण


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ ।

अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए । आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए ।

नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको हो ।

नगरपालिकाको वडा नं ३ खदीसम्म सडकको अस्थायी ट्रयाक खुलेको र बाँकी वडा नं १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्नका लागि डोजरको सहायता लिनुपरेको हो । सिस्ने हिमालको काखमा भएकाले अत्यधिक चिसोसमेत हुने गर्दछ।

वडा नं २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको थियो । नगरपालिकाको अत्यधिक अप्ठ्यारो भागमध्ये यही पर्दछ । हिमालय क्षेत्र भएकाले यहाँ काम गर्न मुस्किल छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ८ : ४५ बजे

टप टी-२० सिरिज : आज मेलबर्नसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ ।

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी

काठमाडौं – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र