यी तीन विषयमा केन्द्रित हुनेछ माओवादीको राष्ट्रिय सम्मेलन « Khabarhub

यी तीन विषयमा केन्द्रित हुनेछ माओवादीको राष्ट्रिय सम्मेलन


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन मुख्य तीन कार्ययोजनामा केन्द्रित हुने भएको छ।

पर्सी आइतबार सुरु हुने राष्ट्रिय सम्मेलनमा राजनीतिक प्रतिवेदनमाथिको छलफल र अनुमोदन, अन्तरिम विधान–२०७८ अनुमोदन र केन्द्रिय नेतृत्व चयनमा सम्मेलन केन्द्रित हुने भएको हो ।

माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार राष्ट्रिय सम्मेलनले अबको कार्यदिशाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदन गर्ने कार्यसूची हुनेछ।

अध्यक्ष दाहालले प्रतिवेदनमार्फत माओवादीबाट अलग भएका नेताहरूलाई पार्टीमा फर्कन आग्रह गर्ने तयारी गरेका छन् । दाहालले समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत समाजवाद उन्मुख समृद्धिको कार्यनीति अगाडि सार्दै छन्।

यस्तै सम्मेलनले अन्तरिम विधान–२०७८ अनुमोदन र विधानअनुसार केन्द्रीय नेतृत्व चयन गर्ने तयारी छ। अन्तरिम विधानमा राष्ट्रिय महाधिवेशनसम्मका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समितिको परिकल्पना गरिएको छ।

करिब एक सय सदस्यीय पोलिटब्युरो सदस्य र करिब ३५ सदस्यीय स्थायी समिति रहने व्यवस्था छ। माओवादीमा यसपटक केन्द्रिय पदाधिकारी चयन पेचिलो हुने देखिएको छ । यद्यपी सहमतिबाटै पदाधिकारी चयन हुने स्थायी कमिटी सदस्य देव गुरुङ दाबी गर्छन् ।

उनले सहमतिबाटै कम्युनिष्ट पार्टीको अभ्यास अनुसार नेतृत्व र पदाधिकारी छानिने बताए । राष्ट्रिय सम्मेलनमा माओवादी नेता कार्यकर्ताको जीवनशैली सुधार्ने विषयदेखि कुनै समय पहिलो पार्टी बनेको माओवादी किन तेस्रो स्थानमा खुम्चियो भन्ने विषयमा पनि समिक्षा हुने उनले बताए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ११ : १२ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि