कोरोनाविरुद्धको खोप लगाएका विद्यार्थी भन्छन्– अब कहिल्यै लकडाउन नहोस् « Khabarhub

कोरोनाविरुद्धको खोप लगाएका विद्यार्थी भन्छन्– अब कहिल्यै लकडाउन नहोस्


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  बिहीवार एभरेष्ट बोर्डिङ्ग विद्यालयमा पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाएपछि उक्त विद्यालयमा अध्ययनरत छात्र  निसान ठाकुर निक्कै उत्साहित भए ।

कोरोना माहामारीकै कारण लामो समयसम्म भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाएका ठाकुरलाई यसपालि पनि कतै लकडाउन पो हुने हो कि भन्ने ठूलो चिन्ता थियो । कोरोनाभाइरसविरुद्धको मोडर्ना खोप लगाइसकेपछि ठाकुर लकडाउन नहुनेमा विश्वस्त छन् ।

देउराली माध्यामिक विद्यालयकी छात्रा नवीना चौधरीले पनि मोडर्ना खोप लगाइसकेपछि कोरोनाको त्रासबाट निकै राहत मिलेको महसुस गरिन् ।

जोर, बिजोर कक्षा लिनुपर्ने, लकडाउनले पठनपाठन लिन नपाउनेजस्ता समस्याबाट गुज्रिसकेकी चौधरीलाई नयाँ भेरियन्ट ओमिक्रोनले फेरि पुरानो नै समस्या पो झेल्नुपर्ने हो कि भन्नेमा ठूलो चिन्ता थियो । तर, खोप लगाइसकेपछि चौधरीमा आत्मबल बढेको छ ।

ओमिक्रोन भाइरसले  फेरि एकपल्ट विद्यार्थीहरूमा त्रास पैदा गरिरहेको बेला बिद्याहरूलाई लक्षित खोप अभियानले ठाकुर र चौधरीजस्तै महोत्तरीमा धेरैलाइ निकै राहत प्रदान गरेको छ ।

हाल जिल्लाको उत्तरी क्षेत्रका बर्दिवास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही नगरपालिका र सम्सी सोनामा गाउँपालिकामा विभिन्न सामुदायिक तथा निजी विद्यालयमा खोप अभियान चलिरहेको छ ।

११ पुससम्म यी पालिकामा खोप अभियान चल्ने र १४ पुसदेखि जिल्लाका अन्य पालिका जलेश्वर, लोहारपट्टी, मनराशिसवा, मटिहानी, बलवा, पिपरा, महोत्तरी र एकडारामा १८ पुससम्म खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

१२ वर्षदेखि १७ वर्ष उमेर समूहलाई अहिले कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १२ : ०६ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।