कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शनिबार प्रमाणपत्र लिने « Khabarhub

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शनिबार प्रमाणपत्र लिने


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शनिबार ‘निर्वाचित भएको प्रमाणपत्र’ लिने भएका छन् ।

शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा एक सय ३३ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ ।

कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् ।

२४–२८ मंसिरसम्म काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरू सबै आइसकेका छन् । आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसको नयाँ नेतृत्व महाधिवेशनबाट आउनै पर्ने बाध्यता थियो ।

जसअनुसार १२ पुससम्म महाधिवेशनबाट आएको नयाँ केन्द्रीय समितिको सूची बुझाउन निर्वाचन आयोगले कांग्रेसलाई पत्र पठाएको थियो । त्यसैले १० पुसमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले प्रमाणपत्र बुझ्ने र पहिलो केन्द्रीय समिति बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

शनिबार केन्द्रीय समिति बैठक बस्नेबारे सभापति शेरबहादुर देउवा आन्तरिक गृहकार्यमा लागेका छन् । उनले त्यसअघि नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : ४५ बजे

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६