आयोग पदाधिकारी-प्रधानमन्त्री भेटवार्ता : स्थानीय तहको चुनावका लागि दुई मिति प्रस्ताव « Khabarhub

आयोग पदाधिकारी-प्रधानमन्त्री भेटवार्ता : स्थानीय तहको चुनावका लागि दुई मिति प्रस्ताव


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनको कार्यकाल सकिनै लाग्दा आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो ।

यसक्रममा आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ । आयोगका पदाधिकारीले प्रधानमन्त्रीसमक्ष स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्ने गरी दुईवटा मिति प्रस्ताव गर्न लागिएको जानकारी दिए । ‘निर्वाचन आयोगको टोलीले आज प्रधानमन्त्रीसमक्ष चुनावको तयारीलगायत मिति पनि प्रस्ताव गर्दैछ,’ उनले भने, ‘यसमा क्याविनेटले डिसिजन गर्छ ।’

आयोगले एक चरणमै निर्वाचन गर्न सरकारलाई सुझाव दिँदै २० गते वा २२ गते मतदान गर्ने मिति तोक्न प्रस्ताव गरेको छ । यसबारेमा आज प्रधानमन्त्रीसँग छलफलपछि टुंगो लाग्नेछ ।

त्यसैगरी दुई चरणमा गर्ने हो भने पहिलो मतदान वैशाखको १२ वा १४ गते तोक्न सुझाइएको छ । दोस्रो चरणको भने २०/२२ गते नै गर्न सकिने भनिएको छ । कम्तिमा एक साता ग्याप राखेर दुई चरणमा गर्ने आयोगको प्रस्ताव छ ।

‘वैशाखको १२ र २२ गतेको बीचमा सक्नेगरी अगाडि बढेका छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : ५८ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ