जनवरी दोस्रो हप्ता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी « Khabarhub

जनवरी दोस्रो हप्ता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी जनवरी दोस्रो हप्ता भारत भ्रमण गराउने तयारी भएको छ । जनवरी १० देखि १३ सम्म भारतको गुजरातमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत जाने तयारी भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो समिटमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निमन्त्रण दिइसकेका छन् । प्रधानमन्त्री देउवाले पनि निमन्त्रण स्वीकार गरिसकेको स्रोतको दाबी छ । तर मिति भने तय भइसकेको छैन ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलिएकाले सो समिट अन्तिम समयमा स्थगित हुने सम्भावना पनि रहेकाले देउवाको भ्रमणको मिति तयमा निश्चितता नभएको बालुवाटार स्रोतको भनाइ छ । देउवाको यो भारत भ्रमण राजकीय भने हुने छैन ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : २२ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ