आवश्यक परे अझै क्रान्ति गर्न तयार छु : प्रचण्ड (भिडियो) « Khabarhub

आवश्यक परे अझै क्रान्ति गर्न तयार छु : प्रचण्ड (भिडियो)


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार नेकपा मसाल (सम्पर्क केन्द्र) सँग भएको एकता कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको र गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताए। संविधान, लोकतन्त्र र त्यसका मूलभूत मान्यतालाई लत्याउँदै संविधान खारेज गर्ने र परिवर्तन उल्ट्याउने गरी कदम चालिएको भन्दै उनले अहिले पनि आवश्यक परे ठूलो क्रान्ति गर्न तयार रहेको जिकिर गरे।

प्रचण्डले कम्युनिष्ट एकता चाहना हुँदाहुँदै पनि जोगाउन नसकिएको भन्दै फेरि एकता प्रक्रियामा अघि बढेको बताए । कार्यक्रममा प्रचण्डले अवको निर्वाचनमा को बिजयी हुन्छ भन्ने थापा पाउने भन्दै माओवादीहरुलाई हल्का रुपमा नलिन चेतावनी दिए । उनले मसाल सम्पर्क केन्द्रसँगको एकता रणनीतिक नभएको भन्दै सैद्धान्तिक र विचारधारात्मक रुपमा एकीकरण भएको जिकिर गरे ।

एकता सभामा मसाल सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले अहिलेको आवश्यकता एकता नै भएको भन्दै माओवादी केन्द्रसँग विचार मिलेकाले एकता भएको धारणा राखे । मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूह माओवादी केन्द्रमा विलय भएको हो ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : ५५ बजे

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना