आवश्यक परे अझै क्रान्ति गर्न तयार छु : प्रचण्ड (भिडियो) « Khabarhub

आवश्यक परे अझै क्रान्ति गर्न तयार छु : प्रचण्ड (भिडियो)


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार नेकपा मसाल (सम्पर्क केन्द्र) सँग भएको एकता कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको र गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताए। संविधान, लोकतन्त्र र त्यसका मूलभूत मान्यतालाई लत्याउँदै संविधान खारेज गर्ने र परिवर्तन उल्ट्याउने गरी कदम चालिएको भन्दै उनले अहिले पनि आवश्यक परे ठूलो क्रान्ति गर्न तयार रहेको जिकिर गरे।

प्रचण्डले कम्युनिष्ट एकता चाहना हुँदाहुँदै पनि जोगाउन नसकिएको भन्दै फेरि एकता प्रक्रियामा अघि बढेको बताए । कार्यक्रममा प्रचण्डले अवको निर्वाचनमा को बिजयी हुन्छ भन्ने थापा पाउने भन्दै माओवादीहरुलाई हल्का रुपमा नलिन चेतावनी दिए । उनले मसाल सम्पर्क केन्द्रसँगको एकता रणनीतिक नभएको भन्दै सैद्धान्तिक र विचारधारात्मक रुपमा एकीकरण भएको जिकिर गरे ।

एकता सभामा मसाल सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले अहिलेको आवश्यकता एकता नै भएको भन्दै माओवादी केन्द्रसँग विचार मिलेकाले एकता भएको धारणा राखे । मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूह माओवादी केन्द्रमा विलय भएको हो ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : ५५ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने