जगदुल्ला जलविद्युतको टेष्ट अडिट टनेलको ८० प्रतिशत प्रगति « Khabarhub

जगदुल्ला जलविद्युतको टेष्ट अडिट टनेलको ८० प्रतिशत प्रगति


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको ट्रस्ट अडिट टनेलको काम पुस मसान्तसम्ममा सम्पन्न हुने आयोजनाले जनाएको छ ।

आयोजनाको विद्युत उत्पादन गृहमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको योजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।

कुल ४०० मिटर लम्बाइ रहेको नमुना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएको छ । जाजरकोट–डोल्पा (भेरी करिडोर) सडकखण्डअन्तर्गत जोडिएको त्रिवेणीदेखि जगदुल्ला गाउँपालिका १ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडक खण्डलाई ६ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।

आयोजना निर्माण स्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन ९ डीपीआर०को कामसमेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको सापकोटाले बताए ।

आयोजनाको वातावरणीय अध्ययन कार्यको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरि त्यसको सार्वजनिक सुनवाइ बाधस्थल (जगदुल्ला गाउपलिका–४ माझगाउ), सुक्खा तटीयक्षेत्र (मुड्केचुला गाउँपालिका–६ नर्कु) र विद्युत् गृहस्थल (मुड्केचुला गाउँपालिका–४ ईल) मा पौष २,४ र ६ सार्वजानिक सुनुवाइ गरिसकेको छ । आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन माघ महिना भित्र पेस गरी चैतभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको विद्युत् उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुइवटा भवन निर्माण गरिएका छन । विद्युत खरिद बिक्री तथा सम्झौताको कामका लागि आवश्यक सहकार्य काम जारी छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : ०० बजे

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध

राष्ट्रियसभा पहिलोपटक सत्तापक्षविहीन, सिट व्यवस्थापन अन्योलमा

काठमाडौं – संघीय संसदअन्तर्गत राष्ट्रियसभा पहिलोपटक सत्तापक्षविहीन बनेको छ। राष्ट्रिय

बालेन सरकारको निर्णयले निजी मिडियालाई धक्का : सरकारी सूचना अब सरकारी सञ्चार माध्यममा मात्रै

काठमाडौँ – सरकारले सबै प्रकारका सरकारी सूचना तथा विज्ञापन अनिवार्य