मैले जन्ममिति सच्चाएको छैन : न्यायाधीश खड्का « Khabarhub

मैले जन्ममिति सच्चाएको छैन : न्यायाधीश खड्का


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममिति नसच्याएको स्पष्ट पारेकी छन् । न्यायाधीश खड्काले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी न्याय परिषदद्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको उल्लेख छ ।

“न्याय परिषदद्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेत अभिलेखमा मेरो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको छ”, न्यायाधीश खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन, तसर्थ मेरो जन्ममिति फरकफरक रहेको भनी निराधार शङ्का गरी प्रकाशन गरिएको समाचार भ्रामक, असत्य र व्यक्तिगत पूर्वाग्रहपूर्ण छ भन्ने तथ्य प्रष्ट पार्न चाहन्छु ।”

एसएलसीलगायत आफ्ना सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रमा जन्ममिति विसं २०१४ जेठ २ गते भन्ने नै उल्लेख भएको र शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ सालमा आफूले भरेको निजामति कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) फारममा पनि मेरो जन्म सोही नै रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “बीचका केही वर्षमा न्याय परिषद् वुलेटिन प्रकाशित हुँदा त्रुटिवश मेरो जन्म मिति २०१३–१०–२८ उल्लेख हुन गएको भए पनि परिषद् आफैले सो त्रुटी सच्याई २०७१ सालदेखि हाल २०७८ साल पुस ३ गतेसम्म प्रकाशित न्याय परिषद् वुलेटिनमा पनि मेरो वास्तविक जन्म मिति २०१४–०२–०२ भनी उल्लेख गरिएकाले मेरो जन्म मितिको सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनुपर्ने कारण छैन”

न्याय परिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको न्यायाधीश खड्कोको भनाइ छ । न्यायाधीश खड्काले दुई मितिमा २०१३ माघ २८ र २०१४ जेठ २ मा दुई वटा नागरिकता लिएको भन्ने सार्वजनिक भएको थियो । तर अघिल्लो मिति न्याय परिषदको वुलेटिनमा त्रुटिवस हुन गएको र आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्रका २०१४ साल जेठ २ नै रहेको उनले प्रष्ट पारेकी छन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : २० बजे

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना