४ राज्यमन्त्रीसहित १८ सदस्यीय बन्यो वागमती प्रदेश मन्त्रिपरिषद्, कांग्रेसबाट ६ जना मन्त्री थपिए « Khabarhub

४ राज्यमन्त्रीसहित १८ सदस्यीय बन्यो वागमती प्रदेश मन्त्रिपरिषद्, कांग्रेसबाट ६ जना मन्त्री थपिए


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

शुक्रबार साँझ नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले सपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको सपथ गराएका थिए ।

शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री गठबन्धनको दल नेपाली कांग्रेसबाट थपिएका हुन् । यससँगै बागमतीको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : ३५ बजे

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत