नागरिक उड्डयनमन्त्री आलेद्वारा विमानस्थालको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन « Khabarhub

नागरिक उड्डयनमन्त्री आलेद्वारा विमानस्थालको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीलाई निर्देशन दिए।

विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले यहाँका सौचालयदेखि अन्य क्षेत्र सफा र चिटिक्क हुनुपर्ने मन्त्री आलेको निर्देशन थियो । उनले भने, “विमानस्थलमा यात्रुको चाप बढी हुन्छ, यहाँ आन्तरिक तथा विदेशी पर्यटकसमेत आगमन गर्ने हुँदा सौचालयदेखि पसल सफा राख्नुस्, खानेकुरा पनि ताजा होस् ।”

भारत भ्रमणबाट आजै स्वदेश फर्किएका मन्त्री आलेले विमानस्थलमा रहेका एअर ट्राफिक कन्ट्रोल (एटीसी) टावर, रार्डर सिष्टमबारे जानकारी लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रशाद गुरागाइँले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन विभागका निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, “एटीसीको कन्ट्रोलरूपमै पुगेर मन्त्रीज्यूले जानकारी लिनुभयो, उहाँको अनुगमनले हाम्रो काम गर्ने मनोबलसमेत बढेको छ, सबै कर्मचारी खुशी भएका छौँ ।”

मन्त्री आलेले करिब तीन घण्टाजति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गरेका थिए । अनुगमनकै क्रममा उनले विमानस्थलमा सञ्चालनमा रहेका सटल बस सेवाको प्रभावकारिताको पनि जानकारी लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : ५५ बजे

रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई