हङकङमा तियानमेन प्रदर्शनको स्मरणमा बनाइएका थप दुई स्मारक हटाइयो « Khabarhub

हङकङमा तियानमेन प्रदर्शनको स्मरणमा बनाइएका थप दुई स्मारक हटाइयो


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङमा दुई अन्य विश्वविद्यालयबाट तियाननमेन नरसंहारको स्मरणमा बनाइएका स्मारकलाई हटाइएको छ ।

चाइनिज युनिभर्सिटी अफ हङकङमा रहेको लोकतन्त्रकी देवी र लिंगन विश्विद्यालयबाट एक स्मारक हटाइएको हो ।

एक दिन पहिला बुधबार युनिभर्सिटी अफ हङकङमा तियानानमेन नरसंहारको स्मरणमा राखिएको प्रचलित मूर्ति ‘पिलर अफ शेम’ हटाइएको थियो ।

यी मूर्ती सन् १९८९ मा लोकतन्त्र समर्थित विरोध प्रदर्शनका क्रममा मारिएका मानिसको संख्या धेरै देखाइएको थियो ।

चीनको राजधानी बेइजिङको तियानानमेन चोकमा १९८९ मा लोकतन्त्रका समर्थकले ठूलो प्रदर्शन गरेका थिए । चीन सरकारले उक्त विरोध प्रदर्शन रोक्नका लागि त्यहाँ उपस्थित प्रदर्शनकारीमाथि गोली चलाएको थियो ।

हङकङ र चीनमा लोकतन्त्रको समर्थमा बेलाबेलामा प्रदर्शन हुँदै आएको छ तर चीनले यसलाई दबाउँदै आएको छ । मूर्तिहरु हटाउने कदम पनि यसकै एक हिस्साको रुपमा लिइएको बीबीसीले उल्लेख गरेको छ । एजेन्सी

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : ४० बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’