डिभोर्स गर्नै नपाइने विश्वको एक मात्र देश | Khabarhub Khabarhub

डिभोर्स गर्नै नपाइने विश्वको एक मात्र देश


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभरका अलग अलग देशमा पारपाचुके अर्थात डिभोर्सका बिषयमा आआफ्नै परम्परा, नियम र कानुन रहेका छन् । तर केहि यस्ता देश पनि छन् जहाँ डिभोर्सको कुनै प्रावधान रहेको छैन ।

फिलीपीन्स विश्वको एकमात्र यस्तो देश हो जहाँ डिभोर्सको कुनै व्यवस्था छैन । खासमा फिलीपीन्स कैथोलिक देशका समुहको एक हिस्सा हो । कैथोलिक चर्चका कारण यस देशमा डिभोर्सको कुनै प्रावधान छैन ।

पोप फ्रान्सिस सन् २०१५ मा फिलीपीन्स गएका बेला उनले त्यहाका धर्मगुरुसंग डिभोर्सका प्रावधान राख्न अपील गरे । तर फिलीपीन्समा ‘डिर्भोसी कैथोलिक’ हुनु अपमानजनक मानिने भएकाले उक्त कुरा स्विकार गरीएन । फिलीपीन्सका ईसाई धर्मगुरुले पोप फ्रान्सिसको अपील मानेनन् । उनीहरु विश्वभरमा फिलीपीन्स डिभोर्स नहुने एकमात्र देश बनेकोमा गर्व गर्छन् ।

फिलीपीन्समा डिभोर्सको प्रतिबन्ध केवल ईसाइहरुमा मात्र रहेको छ । त्यहाँ बसोबास गर्दै आएका ७ प्रतिशत इस्लाम समुदाय आफ्नो धार्मीकता अनुसार डिभोर्स गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : ५९ बजे

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन