नवग्रहलाई खुसी पार्न यसरी गर्नुहोस शंखको प्रयोग « Khabarhub

नवग्रहलाई खुसी पार्न यसरी गर्नुहोस शंखको प्रयोग


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक शास्त्र एवम् ज्योतिषशास्त्रमा शंखलाई अत्यन्त महत्वपुर्ण मानिएको छ । पौराणिक कथाका अनुसार अमृत प्राप्तिकालागी समुन्द्र मंथनका समयमा प्राप्त भएका १४ रत्नमध्ये शंख समेत रहेको थियो ।

शंख कुबेरको प्रतीक मानिन्छ । साथै देवी लक्ष्मी र भगवान विष्णुको प्रिय मानिन्छ । यसलाई घरमा राखेमा सुखसमृद्धि आउने विश्वास गरीन्छ । शंखलाई अलग अलग तरीकाले प्रयोग गर्दा ग्रह समेत प्रसन्न हुने गर्दछन् । ग्रहको अशुभ प्रभावबाट बच्न बार अनुसार शंखको प्रयोग गरे ग्रह अनुकूल बन्दछ ।

ज्योतिषमा सूर्य लाई मान सम्मानको कारक मानिएको छ । यदि कसैको कुण्डलीमा सूर्य कमजोर भएमा उसको सम्मानमा ठेस पुग्न सक्छ । साथै पिताको सम्बन्धमा समेत दरार आउन सक्छ । सूर्यको स्थिति अनुकूल बनाउन आइतबार शंखमा जल भरेर सूर्य देवलाई अर्घ्य दिनु पर्दछ ।

सोमबारलाई भगवान शिव र चन्द्र ग्रहको बारको रुपमा मानिन्छ । दूधलाई चन्द्रको द्रव्य मानिन्छ । तसर्थ चन्द्र अनुकूल बनाउन सोमबार शंखमा दूध भरेर शिवजीलाई अर्पण गरेमा शिव प्रसन्न हुने र चन्द्रमा मजबूत हुने विश्वास रहेको छ ।

मंगलबार मंगल ग्रहको बारको रुपमा मानिन्छ । मंगल साहस र पराक्रमको कारक हो । तसर्थ मंगल अनुकूल बनाउन मंगलबार शंख बजाएर सुन्दरकाण्डको पाठ गरेमा मंगलको अशुभ स्थितिको कुप्रभावबाट बच्न सकिने मान्यता छ ।

बुध ग्रह बुद्धि र वाकपटुता अर्थात वाणिको कारक मानिन्छ । साथै बुधबार बुध ग्रहको बारको रुपमा मानिन्छ । तसर्थ बुधबार शंखमा जल र तुलसी हालेर शालिग्रामको अभिषेक गरे बुध ग्रहको दुष्प्रभाव नष्ट हुने मान्यता छ ।

बिहिबार शंखमा केसरको टिका लगाएर भगवान विष्णुको पुजा गर्नु पर्दछ । यसले बृहस्पती ग्रहको शुभ फल प्राप्त गर्न र भगवान विष्णु र बृहस्पतीको कृपा पाउन सकिन्छ ।

शुक्रबार शुक्र ग्रहको बारको रुपमा मानिन्छ । यो ग्रह धन, वैभव र भौतिक सुख सुविधाको कारक मानिन्छ । शुक्रलाई मजबूत गर्न शंखलाई सेतो रंगको कपडामा राख्नु पर्दछ । यसले शुक्र ग्रह बलवान हुन्छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : २० बजे

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६

अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दूतावास

वाशिङ्टन- आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल