आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान | Khabarhub Khabarhub

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट हुने लोगोले रु पाँच हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उक्त लोगो ‘आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१’ को औपचारिक लोगो हुनेछ । ओलम्पियाडसम्बन्धी नेपाली समाजमा जनचेतना कार्यक्रमअन्तर्गत सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गरिँदै आएको सोसाइटीले जनाएको छ ।

सोसाइटीले ओलम्पियाडमा विद्यालय तहका प्रतिस्पर्धी विद्यार्थी मात्र नभई अन्य तहका व्यक्तिको पनि सहभागिता होस् भन्ने उद्देश्यले हरेक वर्ष ओलम्पियाडको लोगो प्रतिस्पर्धा गराउँदै आएको छ । यसैअनुरुप आठौँ ओलम्पियाडका लागि आइतबारदेखि आवेदन खुला गरिएको छ । प्रतियोगितामा हालसम्म कपिल रोकाया, योञ्जन जेन्सुन, सन्दीप तिवारी, सम्राट राई, सफल श्रेष्ठ, रेमन बाला तथा सुनिल खड्गीले विजेताको उपाधि हासिल गरिसकेका छन् ।

लोगोमा खगोल विज्ञान, शिक्षा, नेपाल र ‘आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१’ समावेश गरिएको हुनुपर्ने नियम छ । आवेदन निःशुल्क छ तर एक व्यक्तिले बढीमा तीन लोगो पेश गर्न सक्ने जनाइएको छ । डिजाइनमा आफ्नै मूल विचार र सिर्जना हुनुपर्छ । लोगो ६०० र ६०० पिक्सेलको आकारमा हुनुपर्छ ।

लोगो बढीमा ५० शब्दमा वर्णन गरिएको हुनुपर्छ । बिना विवरणको डिजाइन मूल्याङ्कन नगरिने जनाइएको छ । इच्छुकले www.nepalastronomicalsociety.org/olympiad मा गई आफ्नो सिर्जना आवेदनमार्फत दिन सकिने जनाइएको छ ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने अध्यक्ष भट्टराईले बताए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ८ : ५७ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा