आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान « Khabarhub

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट हुने लोगोले रु पाँच हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उक्त लोगो ‘आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१’ को औपचारिक लोगो हुनेछ । ओलम्पियाडसम्बन्धी नेपाली समाजमा जनचेतना कार्यक्रमअन्तर्गत सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गरिँदै आएको सोसाइटीले जनाएको छ ।

सोसाइटीले ओलम्पियाडमा विद्यालय तहका प्रतिस्पर्धी विद्यार्थी मात्र नभई अन्य तहका व्यक्तिको पनि सहभागिता होस् भन्ने उद्देश्यले हरेक वर्ष ओलम्पियाडको लोगो प्रतिस्पर्धा गराउँदै आएको छ । यसैअनुरुप आठौँ ओलम्पियाडका लागि आइतबारदेखि आवेदन खुला गरिएको छ । प्रतियोगितामा हालसम्म कपिल रोकाया, योञ्जन जेन्सुन, सन्दीप तिवारी, सम्राट राई, सफल श्रेष्ठ, रेमन बाला तथा सुनिल खड्गीले विजेताको उपाधि हासिल गरिसकेका छन् ।

लोगोमा खगोल विज्ञान, शिक्षा, नेपाल र ‘आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१’ समावेश गरिएको हुनुपर्ने नियम छ । आवेदन निःशुल्क छ तर एक व्यक्तिले बढीमा तीन लोगो पेश गर्न सक्ने जनाइएको छ । डिजाइनमा आफ्नै मूल विचार र सिर्जना हुनुपर्छ । लोगो ६०० र ६०० पिक्सेलको आकारमा हुनुपर्छ ।

लोगो बढीमा ५० शब्दमा वर्णन गरिएको हुनुपर्छ । बिना विवरणको डिजाइन मूल्याङ्कन नगरिने जनाइएको छ । इच्छुकले www.nepalastronomicalsociety.org/olympiad मा गई आफ्नो सिर्जना आवेदनमार्फत दिन सकिने जनाइएको छ ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने अध्यक्ष भट्टराईले बताए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ८ : ५७ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।