अस्पताल बनाउन स्थानीयबासीले दिए निःशुल्क जग्गा « Khabarhub

अस्पताल बनाउन स्थानीयबासीले दिए निःशुल्क जग्गा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न यहाँका स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन जग्गा अभाव भएको भन्दै यहाँका नौ जना स्थानीयवासीले करिब आठ रोपनी जग्गा स्वास्थ्यचौकीको नाममा निःशुल्क नामसारी गरेका छन् ।

आफ्नै गाउँ ठाउँमा अस्पताल बन्न जग्गा अभाव भएपछि यहाँका उहाँहरूले निःशुल्क जग्गा उपलब्ध गराएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । “गत वर्ष अस्पताल निर्माणका लागि बजेट आए पनि स्वास्थ्यचौकीका नाममा जग्गा नहुँदा बजेट फिर्ता भयो”, लामिछानेले भने, “अहिले स्वास्थ्यचौकीका नाममा मौजुदा जग्गासहित १३ रोपनी जग्गा पुर्याएका छौँ, अब अस्पताल बनाउनका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।”

अस्पताल बनाउनका लागि स्वास्थ्यचौकी नजिकै रहेको जग्गा स्थानीयवासीले दिएका हुन् । अस्पताल बनाउन विष्णुप्रसाद शर्माले नौ आना, मुरारीप्रसाद शर्माले एक रोपनी पाँच आना, दुर्गाप्रसाद शर्माले एक रोपनी, डण्डपानी शर्माले एक रोपनी चार आना, होमनाथ शर्माले आठ आना, पणनाथ शर्माले छ आना, तिलबहादुर क्षत्रीले एक रोपनी, पवित्रा कार्कीले एक रोपनी दुई आना र खीलानाथ शर्माले १२ आना जग्गा स्वास्थ्यचौकीको नाममा नामसारी गरेका हुन् ।

यसअघि लीलाधर शर्मा, श्यामप्रसाद शर्मा र श्याम शर्मालगायतले पाँच रोपनी जग्गा स्वास्थ्यचौकीका नाममा प्रदान गरिसकेका थिए । जग्गालाई एकीकृत गर्नका लागि स्वास्थ्यचौकीले स्थानीयवासीको सक्रियतामा दुई रोपनी जग्गा खरिदसमेत गरेको छ । आफ्नै गाउँमा सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि निःशुल्क जग्गा स्वास्थ्यचौकीको नाममा पास गरिदिएको जग्गादाता विष्णुप्रसाद शर्माले बताए ।

रेश स्वास्थ्यचौकी भएको जग्गाको लालपुर्जा नहुँदा अस्पताल निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले जग्गा उपलब्ध गराएको वडाध्यक्ष लामिछानेले बताए ।

जग्गादाताले स्वास्थ्यचौकीका नाममा एक हप्ता अगाडि मात्रै जिल्ला मालपोत कार्यालय बागलुङबाट जग्गा नामसारी गरिदिएका थिए । जग्गा स्वास्थ्यचौकीको नाममा आइसकेपछि अस्पताल बनाउनका लागि प्रक्रिया थालिएको र आगामी वर्ष बजेट आउने अपेक्षा गरिएको छ । सरकारले हरेक पालिकामा १५, १० र पाँच शय्याको अस्पताल बनाउने निर्णयानुसार रेशमा अस्पताल बनाउन जग्गा व्यवस्थापन गरिएको हो ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ९ : ११ बजे

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा