बन्द हुँदै ‘द कपिल शर्मा शो’ « Khabarhub

बन्द हुँदै ‘द कपिल शर्मा शो’


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड कमेडियन कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ले दर्शकलाई भरपुर मनोरञ्जन दिने गरेको छ ।

यो शोमा अतिथीका रुपमा आउन बलिउड तथा साना पर्दाका जोकोही कलाकार लालयित हुन्छन् र आएर आफ्नो फिल्मको प्रमोसन गर्छन् । कोभिड–१९ को महामारीका कारण केही समय बन्द भएको यो शो पुनः सुचारु भइरहेको छ । तर अब भने शोको यो सिजन सकिने तयारीमा छ ।

समाचार अनुसार अब शोको यो सिजन चाँडै नै ‘अफ एयर’ हुँदैछ । शो समूहले यो विषयमा चाँडै नै आधिकारिक घोषणा गर्दैछन् । यो सिजन सकिएपछि कपिलको टिम नयाँ सिजनको तयारीमा जुट्नेछन् । दर्शकमाझ लोकप्रिय र टेलिभिजनमा बढी माग गरिएको यो शोको नयाँ सिजन हेर्नका लागि केही समय पर्खिनुपर्नेछ ।

शोमा कपिलका अलावा भारती सिंह, कीकू शारदा, कृष्णा अभिषेक र अर्चना पूरण सिंहको प्रमुख उपस्थिति छ । लकडाउनपछि यो शो दर्शकबिना नै सञ्चालन भइरहेको छ । तर पनि शोको लोकप्रियतामा कमी आएको छैन । यसका निर्माताहरु अहिलेको शोलाई बन्द गरेर नयाँ शो ल्याउन चाहिरहेका छन् ।

त्यसो त केही समय अघि मात्र कपिलले आफू नेटफ्लिक्सको माध्यमबाट आफ्नो डिजिटल ‘डेब्यू’ गर्न चाहेको बताएका थिए । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गरेका छन् । ‘यो एक खुशीको खबर छ । हल्लामा विश्वास नगर्नुहोला । ममाथि विश्वास गर्नुहोस् । म चाँडै नै नेटफ्लिक्समा देखिदैछु’, उनले भनेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ११ : १० बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड