ओलीले गर्ने ‘पञ्चर्‍याली’ हो, काठमाडौँमा ‘टाउको’ मै हान्ने आन्दोलनमा जुटौँ : प्रचण्ड « Khabarhub

ओलीले गर्ने ‘पञ्चर्‍याली’ हो, काठमाडौँमा ‘टाउको’ मै हान्ने आन्दोलनमा जुटौँ : प्रचण्ड

माघ २८ मा काठमाडौँमा बृहत प्रदर्शन


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले गर्ने र्‍यालीहरूलाई ‘पञ्च’ को जस्तो भएको टिप्पणी गरेका छन् ।

उनले ओलीको पञ्चर्‍यालीविरूद्ध काठमाडौँको टाउको मै हान्ने गरीको आन्दोलनको जरूरी भएकाले विशाल जनसहभागिताका लागि आह्वान समेत गरेका छन् ।

पेरिसडाँडाँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने पनि बताए ।

‘हामीले जनकपुरमा पनि सभा गर्ने कि भनेर छलफल गरेका थियौँ तर पार्टीको स्थायी कमिटी बैठकमा भएको समीक्षामा काठमाडौंमा अझ ठूलो जनप्रदर्शन गर्ने महसुस गरेका छौँ । हामी अझ ठूलो आन्दोलन घोषणा गर्छौँ । त्यो बेला २५ हजार आउनुपर्‍यो तपाईँहरु । काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्था आयो, त्यो निर्णायक संघर्ष हो । त्यसले छिनोफानो गर्नेछ ।”

केपी ओली समूहले पनि सभा गर्ने भनेको उल्लेख गर्दै उनले भने, “केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन । ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे ।”

माघ २८ मा काठमाडौँमा बृहत प्रदर्शन

दाहाल- नेपाल समूहले तेस्रो चरणको आन्दोलन पनि घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रममा माघ २८ मा फेरि बृहत प्रदर्शन गर्ने उल्लेख छ ।

घोषित कार्यक्रमअनुसार १३ गते सिठ्ठी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ११ : ३६ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी