ओली समूहको माघ २३ मा ‘बृहत् जनसभा’, काठमाडौँमा दुई लाख जनता उतार्ने दाबी « Khabarhub

ओली समूहको माघ २३ मा ‘बृहत् जनसभा’, काठमाडौँमा दुई लाख जनता उतार्ने दाबी


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ मा काठमाडौँमा गर्ने ‘बृहत् जनसभा’ मा दुई लाख मानिस सहभागी गराउने दाबी गरेको छ ।

ओली समूहको बागमती प्रदेश संगठन कमिटीले सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई लाख मानिस सहभागी गराउने दाबी गरेको हो ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा जनसभा हुनेछ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

निर्वाचन आयोगले पार्टी फुटको मान्यता नदिए पनि तत्काल दाहाल-नेपाल समूहसँग एकताको सम्भावना नरहेको नेता ईश्वर पोखरेलले बताए ।

एकता भइहाले पनि दुई शर्तमामा मात्रै सम्भव भएको उनले बताए । उनले भने, ‘कात्तिक २८ गते प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ ।’

जनसभालाई व्यवस्थित गर्न विभिन्न समिति पनि गठन गरिएको छ । जनसभा सफल बनाउन प्रदेश, जिल्ला, नगर र वडासम्म जनसभा परिचालन कमिटी बनाउने र सहभागीता व्यापक बनाउने निर्णय गरेको छ । नेकपाले सकेसम्म सभास्थललाई फोहोर नबनाउन अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  २ : १३ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड