ओली, नेम्वाङ र खरेलसँग अर्कै संविधान छ : वरिष्ठ अधिवक्ता थापा | Khabarhub Khabarhub

ओली, नेम्वाङ र खरेलसँग अर्कै संविधान छ : वरिष्ठ अधिवक्ता थापा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।

संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा वहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलसँगै अलग्गै संविधान भएको भन्दै कटाक्ष गरेका छन् ।

‘मैले नयाँ कुरा गर्छु भन्ने होइन । यत्रो मित्रहरूले गरिसक्नुभयो । श्रीमानहरूबाट संविधान पल्टाएर प्रश्न आइरहेको छ । संविधान त्यै हो,’ उनले कटाक्ष गर्दै भने,’ ‘तर प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा अध्यक्षसँग अर्को संविधान छ भनेदेखि अर्को कुरा हो । नभए जुन संविधान प्रचलित छ भने त्यो त जस्तो लेखियो त्यस्तै हो ।’

सुनुवाइका क्रममा थापाले संसद विघटन के हो ? कस्तो अवस्थामा संसद विघटन हुन्छ ? र प्रधानमन्त्री ओलीले मुद्दाबारे सर्वोच्चमा पेस गरेको लिखित जवाफबारे आफूले धारणा राख्ने बताएका छन् ।

यसअघि बहसमा सहभागी भएका अधिवक्ता मेघराज पोखरेलले प्रधानमन्त्रीले संविधान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको बताए ।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार विघटनको पक्ष विपक्षमा बहस गर्न तीन सयभन्दा भढी वकिलहरुले वकालतनामा लेखाएका छन्।

बहस गर्नेको संख्या धेरै भएको तथा सुनुवाइमा अधिवक्ताले धेरै समय लिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले एक जनालाई बढीमा आधा घण्टाको मात्रै समय तोकेर बहस अघि बढाइरहेका छन् ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको सुनुवाइ गरिरहेको छ ।

 

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  २ : ३४ बजे

आज केपी ओली एफसी र मछिन्द्र क्लबबीच दोस्रो सेमिफाइनल हुँदै

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल

विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको

च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा

लाहोर – अफगानिस्तानसँगको खेल वर्षाले अवरुद्ध भएपछि अस्ट्रेलिया च्याम्पियन्स ट्रफी

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

बागलुङ– भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको

ट्रम्पसँगको वार्तामा तनाव भएपछि जेलेन्स्कीले भने- स्वतन्त्रता गुमाउन सकिँदैन

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता तनावमा सकिएपछि युक्रेनी