‘प्रकाश’मा प्रदीपको अपोजिटमा रेनु फाइनल « Khabarhub

‘प्रकाश’मा प्रदीपको अपोजिटमा रेनु फाइनल


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्कासँग धनगढीकी रेनु योगीले रोमान्स गर्ने भएकी छन् ।

फागुन दोस्रो साताबाट फ्लोरमा जाने फिल्मबाट रेनुको फिल्मी ‘डेब्यू’ हुनेछ ।

निर्देशक राउतले फिल्मका लागि रेनुको प्रस्तुति र चरित्र मिल्ने भएकाले अडिसनमार्फत छनोट गरिएको बताए । नाट्यकर्मी तथा अभिनेता अनुप बरालले अडिसनमार्फत रेनुलाई कास्टिकङ गरेका हुन् ।

ब्याचलर अध्ययन गरेकी रेनु थिएटर कलाकार हुन् । उनले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नाटक खेलेकी थिइन् । उनले हालसम्म १० वटा भन्दा बढी नाटक, सर्ट फिल्म र ‘एसिड काण्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छिन् ।

जुम्लामा छायांकन गरिने फिल्मको ४५ दिनको सुटिङ सेड्युल राखिएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा महेन्द्र अधिकारीको लगानी र विकास सुवेदीको कथा हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  २ : ५३ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार