‘प्रकाश’मा प्रदीपको अपोजिटमा रेनु फाइनल « Khabarhub

‘प्रकाश’मा प्रदीपको अपोजिटमा रेनु फाइनल


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्कासँग धनगढीकी रेनु योगीले रोमान्स गर्ने भएकी छन् ।

फागुन दोस्रो साताबाट फ्लोरमा जाने फिल्मबाट रेनुको फिल्मी ‘डेब्यू’ हुनेछ ।

निर्देशक राउतले फिल्मका लागि रेनुको प्रस्तुति र चरित्र मिल्ने भएकाले अडिसनमार्फत छनोट गरिएको बताए । नाट्यकर्मी तथा अभिनेता अनुप बरालले अडिसनमार्फत रेनुलाई कास्टिकङ गरेका हुन् ।

ब्याचलर अध्ययन गरेकी रेनु थिएटर कलाकार हुन् । उनले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नाटक खेलेकी थिइन् । उनले हालसम्म १० वटा भन्दा बढी नाटक, सर्ट फिल्म र ‘एसिड काण्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छिन् ।

जुम्लामा छायांकन गरिने फिल्मको ४५ दिनको सुटिङ सेड्युल राखिएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा महेन्द्र अधिकारीको लगानी र विकास सुवेदीको कथा हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  २ : ५३ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ