निर्वाचन आयोगले ओली नेतृत्वको पार्टीलाई आधिकारिक मान्यो: गृहमन्त्री बादल « Khabarhub

निर्वाचन आयोगले ओली नेतृत्वको पार्टीलाई आधिकारिक मान्यो: गृहमन्त्री बादल


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट – गृहमन्त्री रामबहादुर थापा (बादल) ले अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा चाँडो किनारा लगाए निर्धारित समयमा नै निर्वाचन गर्न सकिने बताएका छन् ।

कालीकोटमा आज (सोमबार) आयोजित कार्यक्रममा बोल्दै उनले अदालतले संसद विघटनको फैसला गर्न ढिलो गरे निर्वाचनको मिति केही ढिलो हुनसक्ने समेत बताए ।

साथै उनले केपी ओली समूहको नेतृत्वको पार्टीलाई नै निर्वाचन आयोगले आधिकारिक मानेको समेत दाबी गरे ।

‘निर्वाचन आयोगले हिजो निर्णय दिएको छ, केपी ओली नेतृत्वको पार्टी नै आधिकारिक हो, हामीले कसैलाई हटाएका छैनौं, पार्टी फुटाएका छैनौं,’ उनले भने ।

उनले अब सूर्य चिह्नको विवाद पनि नरहेको र सूर्य चिह्न केपी ओली नेतृत्वकै हुने जिकिर गरे । कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्नेहरु प्रतिगामी भएको तर्क गरे ।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चुनावमा सहभागी भएर मिलेर जाऊँ भनिसकेको पनि बताए ।

उनले कालीकोटमा विप्लवको बलियो प्रभाव रहेको भन्दै भने – यो जिल्लामा पनि विप्लवको प्रभाव छ, म आग्रह गर्छु, आउनुस्, बलियो कम्युनिस्ट पार्टीमार्फत तपाईंहरुका राजनीतिक माग पूरा गरौं ।

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ३ : ४७ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार