आगामी दशैंमा राजामौलीको ‘आरआरआर’ « Khabarhub

आगामी दशैंमा राजामौलीको ‘आरआरआर’


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को रिलिज मिति सार्वजनिक गरिएको छ ।

यो फिल्म आगामी दशैंमा रिलिज हुने तय भएको हो । फिल्मकी अभिनेत्री आलिया भट्टले रिलिजको विषयमा सामाजिक सन्जालमार्फत जानकारी दिएकी हुन् ।

‘आरआरआरका लागि तयार हुनुहोस् । १३ अक्टोबर २०२१ मा थिएटरमा आउँदैछ,’ आलियाले ट्वीट गरेकी छन् । फिल्ममा राम चरण र एनटीआर जूनियर प्रमुख भूमिकामा छन् ।

फिल्ममा अजय देवगन र आलिया भट्ट विशेष भूमिकामा देखिनेछन् । सन् २०१७ मा रिलिज फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ को चार वर्षपछि राजामौली ‘आरआरआर’ लिएर आउँदैछन् ।

भारतीय फिल्ममा ‘बाहुबली’ र ‘बाहुबली २’ लाई सर्वाधिक सफल फिल्ममध्ये एक मानिन्छ । फिल्म ‘बाहुबली २’ले हिन्दी भर्सनमा मात्र ५ सय करोड अधिकको कारोबार गरेको थियो । फिल्मको हिन्दी भर्सनमा कुनै दक्षिण भारतीय फिल्मले पाएको यो अहिलेसम्मकै ठूलो सफलता हो ।

‘आरआरआर’ एक पीरियड फिल्म हो । जसको पृष्ठभूमि ब्रिटिस शासनको समयमा स्थापित गरिएको छ । फिल्मको कथा केन्द्रमा रहेको दुई स्वतन्त्रत सेनानी राम चरण र एनटीआर जुनियर वरिपरि घुम्नेछ ।

हालैमात्र यी दुई कलाकार साथ फिल्मको क्लाइमेक्स खिचिएको थियो । ‘आरआरआर’को पुरा नाम ‘रौद्राम रनम रुधीराम’ हो । तेलुगू भर्सनमा बनेको यो फिल्म हिन्दीसहित अन्य दुई भाषामा रिलिज हुनेछ ।

फिल्ममा जुनियर एनटीआरको भूमिकाको नाम कोमाराम भीम रहेको छ । कोमाराम भीम स्वतन्त्रताका सेनानी थिए । निर्देशक राजामौलीका अनुसार भीमले परम्परागत किसिमले शिक्षा हासिल गरेनन् र उनले युवावस्थामै गाउँ छोडेका थिए । तर जब उनी गाउँ फर्किए, त्यो समयमा उनी शिक्षित भइसकेका थिए ।

उनले आदिवासीका लागि ब्रिटिस शासनका विरुद्ध युद्ध लडेका थिए । उनले गुरिल्ला शैली अपनाएका थिए र पछि अंग्रेज शासनको विरुद्ध लड्दालड्दै शहीद भए । यो फिल्मको लगानी झण्डै चार सय करोड भएको बताइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ४ : २० बजे

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा