आगामी दशैंमा राजामौलीको 'आरआरआर' | Khabarhub Khabarhub

आगामी दशैंमा राजामौलीको ‘आरआरआर’


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को रिलिज मिति सार्वजनिक गरिएको छ ।

यो फिल्म आगामी दशैंमा रिलिज हुने तय भएको हो । फिल्मकी अभिनेत्री आलिया भट्टले रिलिजको विषयमा सामाजिक सन्जालमार्फत जानकारी दिएकी हुन् ।

‘आरआरआरका लागि तयार हुनुहोस् । १३ अक्टोबर २०२१ मा थिएटरमा आउँदैछ,’ आलियाले ट्वीट गरेकी छन् । फिल्ममा राम चरण र एनटीआर जूनियर प्रमुख भूमिकामा छन् ।

फिल्ममा अजय देवगन र आलिया भट्ट विशेष भूमिकामा देखिनेछन् । सन् २०१७ मा रिलिज फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ को चार वर्षपछि राजामौली ‘आरआरआर’ लिएर आउँदैछन् ।

भारतीय फिल्ममा ‘बाहुबली’ र ‘बाहुबली २’ लाई सर्वाधिक सफल फिल्ममध्ये एक मानिन्छ । फिल्म ‘बाहुबली २’ले हिन्दी भर्सनमा मात्र ५ सय करोड अधिकको कारोबार गरेको थियो । फिल्मको हिन्दी भर्सनमा कुनै दक्षिण भारतीय फिल्मले पाएको यो अहिलेसम्मकै ठूलो सफलता हो ।

‘आरआरआर’ एक पीरियड फिल्म हो । जसको पृष्ठभूमि ब्रिटिस शासनको समयमा स्थापित गरिएको छ । फिल्मको कथा केन्द्रमा रहेको दुई स्वतन्त्रत सेनानी राम चरण र एनटीआर जुनियर वरिपरि घुम्नेछ ।

हालैमात्र यी दुई कलाकार साथ फिल्मको क्लाइमेक्स खिचिएको थियो । ‘आरआरआर’को पुरा नाम ‘रौद्राम रनम रुधीराम’ हो । तेलुगू भर्सनमा बनेको यो फिल्म हिन्दीसहित अन्य दुई भाषामा रिलिज हुनेछ ।

फिल्ममा जुनियर एनटीआरको भूमिकाको नाम कोमाराम भीम रहेको छ । कोमाराम भीम स्वतन्त्रताका सेनानी थिए । निर्देशक राजामौलीका अनुसार भीमले परम्परागत किसिमले शिक्षा हासिल गरेनन् र उनले युवावस्थामै गाउँ छोडेका थिए । तर जब उनी गाउँ फर्किए, त्यो समयमा उनी शिक्षित भइसकेका थिए ।

उनले आदिवासीका लागि ब्रिटिस शासनका विरुद्ध युद्ध लडेका थिए । उनले गुरिल्ला शैली अपनाएका थिए र पछि अंग्रेज शासनको विरुद्ध लड्दालड्दै शहीद भए । यो फिल्मको लगानी झण्डै चार सय करोड भएको बताइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ४ : २० बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा