दाहाल-नेपाल समूहलाई ओलीको कटाक्ष : 'सिङ फुक्लिएको तिल्के गोरू' (भिडियोसहित) | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहलाई ओलीको कटाक्ष : ‘सिङ फुक्लिएको तिल्के गोरू’ (भिडियोसहित)

'चुनावको तयारीमा जुट्नुस् तोकिएकै मितिमा हुन्छ'


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमा चुनाव हुने भन्दै नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिएका छन् ।

दाङमा नेकपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका हुन ।

‘तपाईहरु चुनावको तयारीमा लाग्नुस्, वैशाख १७ र २७ गते निर्वाचन हुन्छ । कतिपयले ओलीले निर्वाचन गराउँदैन भन्दैछन् उनीहरुलाई भन्न दिनुस्, तपाईहरु चुनावको तयारीमा लाग्नुस् । हामीले सफलता प्राप्त गर्नेछौँ,’ ओलीले भने .

उनले तोकिएको मितिमै चुनाव हुने भन्दै निष्पक्ष चुनावको तयारीमा लाग्न सुरक्षाकर्मी र कर्मचारीलाई समेत आग्रह गरे ।

सम्बोधनकै क्रममा ओलीले दाहाल–नेपाल समूहलाई ‘कुलंगार र भष्मासुर’को संज्ञा दिए ।

उनले त्यस्ता प्रवृत्तिका मान्छेहरुले पार्टी छाडेर गएको दाबी गर्दै नाम उच्चारण नगरी दुईचार जना ‘कुलंगार र भष्मासुर’हरूले पार्टी छोड्दैमा कम्युनिस्ट आन्दोलन कमजोर नहुने बताए ।

उनले दुईचार जना मानिस पार्टीको बैठकमा नआएर, चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गरेको भए पनि त्यसलाई निर्वाचन आयोगले खत्तम पारिदिएको बताए ।

हेरौँ भिडियो

उनीहरु नै पार्टी फुटाउन लागेको आरोप लगाउँदै जनताले त्यस्ता तत्त्वहरुलाई छानीछानी दण्डित गर्ने समेत दाबी गरे ।

उनले  दाहाल-नेपाल समूहलाई सिङ फुक्लेको ‘तिल्के गोरु’को संज्ञा दिए  ।

‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने । भुइँ खोस्रिने, हुक्का गर्ने । अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने’, ओलीले थपे, ‘एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो । तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा । तर, जुध्न सकेन ।’

प्रचण्ड र माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनले फाँफुँ गर्दै गर्छन्, फुक्लिएको सिङ लिएर हिड्दै गर्छन् ।’

उनले दाहाल–नेपाल पक्षलाई कटाक्ष गर्दैउनीहरुको सिङ्ग फुक्लिसकेकाले कसैले टेर्दा पनि नटेर्ने दाबी गरे ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : २३ बजे

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान