दाहाल-नेपाल समूहलाई ओलीको कटाक्ष : ‘सिङ फुक्लिएको तिल्के गोरू’ (भिडियोसहित) « Khabarhub

दाहाल-नेपाल समूहलाई ओलीको कटाक्ष : ‘सिङ फुक्लिएको तिल्के गोरू’ (भिडियोसहित)

'चुनावको तयारीमा जुट्नुस् तोकिएकै मितिमा हुन्छ'


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमा चुनाव हुने भन्दै नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिएका छन् ।

दाङमा नेकपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका हुन ।

‘तपाईहरु चुनावको तयारीमा लाग्नुस्, वैशाख १७ र २७ गते निर्वाचन हुन्छ । कतिपयले ओलीले निर्वाचन गराउँदैन भन्दैछन् उनीहरुलाई भन्न दिनुस्, तपाईहरु चुनावको तयारीमा लाग्नुस् । हामीले सफलता प्राप्त गर्नेछौँ,’ ओलीले भने .

उनले तोकिएको मितिमै चुनाव हुने भन्दै निष्पक्ष चुनावको तयारीमा लाग्न सुरक्षाकर्मी र कर्मचारीलाई समेत आग्रह गरे ।

सम्बोधनकै क्रममा ओलीले दाहाल–नेपाल समूहलाई ‘कुलंगार र भष्मासुर’को संज्ञा दिए ।

उनले त्यस्ता प्रवृत्तिका मान्छेहरुले पार्टी छाडेर गएको दाबी गर्दै नाम उच्चारण नगरी दुईचार जना ‘कुलंगार र भष्मासुर’हरूले पार्टी छोड्दैमा कम्युनिस्ट आन्दोलन कमजोर नहुने बताए ।

उनले दुईचार जना मानिस पार्टीको बैठकमा नआएर, चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गरेको भए पनि त्यसलाई निर्वाचन आयोगले खत्तम पारिदिएको बताए ।

हेरौँ भिडियो

उनीहरु नै पार्टी फुटाउन लागेको आरोप लगाउँदै जनताले त्यस्ता तत्त्वहरुलाई छानीछानी दण्डित गर्ने समेत दाबी गरे ।

उनले  दाहाल-नेपाल समूहलाई सिङ फुक्लेको ‘तिल्के गोरु’को संज्ञा दिए  ।

‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने । भुइँ खोस्रिने, हुक्का गर्ने । अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने’, ओलीले थपे, ‘एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो । तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा । तर, जुध्न सकेन ।’

प्रचण्ड र माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनले फाँफुँ गर्दै गर्छन्, फुक्लिएको सिङ लिएर हिड्दै गर्छन् ।’

उनले दाहाल–नेपाल पक्षलाई कटाक्ष गर्दैउनीहरुको सिङ्ग फुक्लिसकेकाले कसैले टेर्दा पनि नटेर्ने दाबी गरे ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : २३ बजे

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ

विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने

एजेन्सी– चीनको साङ्घाईमा आगामी जुलाईमा  विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६

सानिगाड हाइड्रोको स्थानीय सेयरमा लक्ष्मी सनराइजको मिलेमतोमा भएको अनियमिततामा अनुसन्धान गर्दै सेबोन

काठमाडौं– सानिमा हाइड्रोको स्थानीय सेयरमा भएको चलखेलमा नेपाल धितोपत्र बोर्डले

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन्