नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब « Khabarhub

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १६.०४ बिन्दुले उकालो लागेर दुई हजार ४४०.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ओरालो लागेको छ । कुल ०.२४ बिन्दुले ओरालो लागेर सेन्सेटिभ परिसूचक ४५१.८२ मा सिमित भएको छ ।

नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उभार आएको छ । कुल २०८ कम्पनीका एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर रु आठ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ मूल्यमा खरिदबिक्री भए । नेप्से र कारोवार रकम उकालो लाग्दा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । आजको कारोबारपछि कुल रु ३२ खर्ब ८७ अर्ब ८२ करोड ३२ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ ।

आज कारोबार भएका कुल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २४.२२, व्यापार ९०.७७, निर्जीवन बीमा ७९.३४, अन्य ३१.६, सामूहिक लगानी कोष ०.०५ ले उकालो लाग्दा होटल २४.०७, विकास बैंक २०.७७, जलविद्युत् ३.५६, वित्त ६.७८, उत्पादन ४९.६ र जीवन बीमा ८८.५८ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६० करोड ३७ लाख ४० हजार ७१९ बराबरको कारोबार भयो ।

यसैगरी नबिल बैंक रु ३३ करोड १७ लाख तीन हजार ५७९, एनसीसि बैंक रु ३१ करोड ३५ लाख ६१ हजार ९७१, एनआइसी एशिया बैंक रु २९ करोड ७६ लाख ४१ हजार ५३३, नेपाल बैंक लिमिटेड रु २८ करोड ६० लाख ८९ हजार ७४६, नेपाल पुनरबीमा कम्पनी रु २३ करोड सात लाख ५० हजार २८५, कुमारी बैंक रु २२ करोड ४३ लाख ९१ हजार ५४, शिखर इन्स्योरेन्स कम्पनी रु १९ करोड ४२ लाख ५४ हजार ७३१ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रु १७ करोड ५५ लाख तीन हजार ६७३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबार भएका कम्पनीमध्ये ६२ कम्पनीको शेयर उकालो लाग्दा १०७ कम्पनीको ओरालो लाग्यो भने पाँच कम्पनीको कुनै परिवर्तन भएन । कारोबारका आधारमा आज नागरिक लगानी कोषको शेयरमा सकारात्मक सर्किट लाग्यो । सो कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए । गुराँस लघुवित्त ९.९५, प्रभु लाइफ इन्स्योरेन्स ९.८७, माउण्टेन इनर्जी ९.८१, नेशनल हाइड्रो पावर ९.४०, हिमालयन पावर पार्टनर ९.३८, गुर्खाज फाइनान्स ८.९६, राष्ट्रिय बीमा कम्पनी ७.८१ र एनआरएन इन्फास्चरका लगानीकर्ताले ७.५९ प्रतिशतले कमाए ।

यसैगरी श्री इन्भेस्टमेन्ट फाइनान्स ६.९८, सिन्धु विकास बैंक ५.४७, प्रागेसिभ फाइनान्स ५.४१, गरिमा विकास बैंक ५.०४, नेपाल फाइनान्स ४.८१, सामुदायिक लघुवित्त ४.५५, सपोर्ट माइक्रोफाइनान्स ४.४३, सबैको लघुवित्त ४.३९ र वेस्ट फाइनान्सका लगानीकर्ताले ३.८९ प्रतिशतले गमुाए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : ४५ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले