कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा « Khabarhub

कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंकले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ ।

मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो ।

लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । यसका साथै, लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीहरुले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ ।

नेपालीहरुले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभर छरिएका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।

‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको हो । मेगा बैंकले यसअघि नै कुवेतकै अल मुल्ला एक्सचेन्जबाट पनि रकम पठाउने ब्यवस्था मिलाइसकेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : ५४ बजे

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान