२३ गते ओली समूहको जनसभा, १ हजार १११ सदस्यीय कमिटी गठन (भिडियोसहित) | Khabarhub Khabarhub

२३ गते ओली समूहको जनसभा, १ हजार १११ सदस्यीय कमिटी गठन (भिडियोसहित)


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही माघ २३ गते काठमाडौँमा जनसभा गर्ने भएको छ ।

वाग्मती प्रदेश सङ्गठन कमिटीको आयोजनामा हुने सभामा सफलतापूर्वक सम्पन्न गर्नका लागि शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागिएको हो ।

सभा मध्याह्न १२बजे शुरु हुनेछ । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त महत्वपूर्ण जानकारी दिने श्रेष्ठले बताए । यसअघि यही माघ ९ गते प्रचण्ड–माधव समूहले काठमाडौँमा सभा गरेको थियो ।

हेरौँ भिडियो

वाग्मती प्रदेशबाट आज पार्टी कार्यालय धूम्रबराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले पार्टीभित्र नै काम गर्न नदिएपछि सरकार ताजा जानादेशमा जानु परेको बताए ।

उनले वर्तमान परिस्थिति कसरी निर्माण भएको हो, सोको जानकारी दिनका लागि सभा राखिएको बताए । उनले सभालाई व्यवस्थित बनाउन सबै तयारी पूरा गरिने समेत बताए ।

नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकतालाई कायम राख्नका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई लगाएको आरोपपत्र फिर्ता लिनुपर्ने र घोषित आगामी वैशाख १७ र २७ गतेको निर्वाचनमा तयार भएर आउनुपर्नेमा जोड दिए । उनले यी दुई कुरा गरेर आउँदा अहिलेको पार्टीको स्थितिलाई टार्न सकिने बताए ।

उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगले गरेको निर्णयलाई आफूहरुले सकारात्मकरुपमा लिएको जानकारी दिए । “आयोगले गरेको निर्णयलाई हामी सम्मान गर्दछाँै, हामीले पार्टीबाट कसैलाई पनि निष्कासन गरेका छैनौँ, हामी पार्टी एकताको पक्षमा छौँ”, उनले भने, “हिजो आयोगको निर्णयले पनि नेकपा फुटेको छैन, कसैले पनि चाहेर फुटाउन सक्दैन भन्ने पुष्टि गरेको छ ।”

उनले सभा राजनीतिक स्थिरताको पक्षमा रहेको भन्दै अराजक गतिविधि गर्ने विपक्षमा सभा रहेको बताए । उनले हालै मनोनीत गरेका केन्द्रीय सदस्य राजनीतिक भएकाले आवश्यक पर्दा कानूनी रुपमा प्रस्तुत गर्ने बताए ।

यस्तै प्रदेश कमिटी अध्यक्ष पोखरेलका अनुसार सभा सफल बनाउनका लागि वाग्मती प्रदेश र उपत्यका विशेष प्रदेशका १७ जिल्ला कमिटीले यही माघ १४ गतेभित्र ५०१ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिनेछ । उक्त कमिटीले आ–आफ्नो जिल्लामा जनपरिचालन गरी सभामा व्यापक जनसहभागिता गराउनेछ ।

प्रदेश अध्यक्ष पोखरेलले यही माघ १७ गतेभित्र सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनले यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गर्ने छन् ।

यस्तै राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु र नेपाल खेलकूद महासङ्घले दुई हजार एक सदस्यीय स्वयम्सेवक परिचालन गर्नेछन् । माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली र्‍यालीमा सहभागी हुने छन् ।

र्‍यालीको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने जनाइएको छ । र्‍यालीमा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आ–आफ्नो पहिचानसहित तथा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आ–आफ्नो ब्यानरसहित सहभागी हुने उनले बताए ।

सभा हुनुभन्दा दुई दिनअघि यही माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत हुनेछ । जनपरिचालन कमिटीका संयोजक श्रेष्ठले सभामा अराजनीतिक नभएर राजनीतिक, अनुशासित नारा हुने बताए । उनले नागरिकलाई दुःख समस्या नभई पहिल्यै नै र्‍यालीको हिँड्ने बाटो निर्धारण गरिने जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : ३९ बजे

विपक्षी दलले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

काठमाडौं– संघीय संसदका विपक्षी दलहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

पाँचखालमा मोतियाविन्दु पहिचान शिविर

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरिएको

पौवादुङमा आयातित खानेकुरा बेचबिखनमा रोक

भोजपुर– दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित

‘स्कुल ड्रेस’ बालमैत्री नहुँदा बालबालिकालाई सकस 

काठमाडैंस्थित सिद्धार्थ पब्लिक एकेडेमीमा पढ्ने एक बालकका अभिभावकले गुनासो गरे

संस्कृतिको संरक्षण गर्न ‘पुर्ख्यौली नाच प्रतिस्पर्धा’

म्याग्दी– म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुर्ख्यौली नाचलाई