पुरुष निर्देशकसँग किन डराइन् नाइटली ? « Khabarhub

पुरुष निर्देशकसँग किन डराइन् नाइटली ?


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हलिउड अभिनेत्री केइरा नाइटलीले पुरुष निर्देशको कुनै पनि फिल्ममा अन्तरंग दृश्य नगर्ने घोषणा गरेकी छन् ।

पुरुष निर्देशकको फिल्ममा अन्तरंग दृश्य दिँदा आफूलाई असहज महशुस भएका कारण यो निर्णय लिनु परेको उनको भनाइ छ ।

च्यानल कनेक्ट पोडकास्टमा ३५ वर्षीया अभिनेत्रीले आफ्ना दुई छोरीको जन्मपछि फिल्म सेटमा आफ्नो शरीरलाई एक्सपोज गर्दा असहज महशुस हुने गरेको खुलाइन् ।

‘म त्यस्तो भयानक सेक्स दृश्य गर्न चाहन्नँ, जसमा तपाईंलाई अप्ठ्यारो महशुस होस् र सबैले तपाईंलाई घुरेर हेरेका हुन् । मलाई यस्तो काम गर्न कुनै रुची छैन’, ओस्कारका लागि मनोनित यी अभिनेत्रीले भनिन्, ‘म लाचार छु । यो शरीरबाट दुई सन्तान भइसकेको छ । म मानिसको समूहको अगाडि नांगै उभिन चाहन्नँ ।’

उनले संगीतकार जेम्स राइटनसँग विवाह गरेकी थिइन् । उनीहरुको पाँच वर्ष र १६ महिनाका दुई छोरी छन् ।
हलिउडका धेरै स्टुडियोहरुले सेक्स दृश्यका लागि मानिसहरु भाडामा प्रयोग गर्ने गरेका छन् । कलाकारलाई सहज महशुस गराउन र सुटिङमा उनीहरुप्रति अरुले सम्मान गरुन भन्नका लागि स्टुडियोले यो नीति लिएको हो ।

नाइटलीले महिलाको जीवन अनुभवलाई लक्षित गरेर कोही महिला निर्देशकले फिल्म बनाए आफू काम गर्न तयार रहेको खुलाइन् । ‘मैले मातृत्व र शरीरको यात्रा विषयमा कथा तयार पारेको भए, त्यो काम महिला निर्देशक वा निर्मातालाई दिन्थें’, उनले भनेकी छन् ।

नाइटलीले ‘बेण्ड इट लाइक बेकह्याम’, ‘एटोनमेन्ट’ र ‘पाइरेटस् अफ द क्यारिबेन’ जस्ता फिल्ममा अभिनय गरेकी छन् । उनले गत वर्ष सन् १९७० मा लण्डनमा भएको महिला स्वतन्त्रताको आन्दोलनमा आधारित कमेडी ड्रामा ‘मिसबिहेभियर’मा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : ५५ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी